कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
सारांश
- कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आफैँले आत्मदाह गरेको प्रहरी अनुसन्धानले निष्कर्ष निकालेको छ ।
- प्रत्यक्षदर्शीका अनुसार गाडी खाली जग्गामा पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको थियो ।
- औषधि व्यवसायी श्रेष्ठ कोरोना संक्रमणपछि व्यापारमा घाटा र ऋणका कारण तनावमा रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
काठमाडौँ । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा फेला परेका सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष निकालेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२६ नरदेवी घर भएका श्रेष्ठ परिवारसँग कीर्तिपुरस्थित ग्रिन उड भिल्लामा बस्दै आएका थिए ।
मंगलबार बिहान ११ बजेर २० मिनेटमा श्रेष्ठ आफैँले चलाएर बा.५ च ३०३८ नम्बरको कार लिएर ट्याङ्गलाफाँटस्थित चाँदनी चोकमा पुगेका थिए । सडकबाट केही पर खाली जग्गामा गाडी पार्किङ गरेपछि कारभित्रैबाट आगो सल्किएको प्रत्यक्षदर्शीहरुले देखेका थिए । घटनास्थल नजिकै रहेका एक जना युवकले आगो लागेको देखेपछि दौडिँदै गएर कारको अगाडि पट्टिको ढोका खोलेको सिसिटिभी फुटेजमा देखिएको छ । चालक सिटसँगैको ढोका खोल्दा उनको समेत हातमा पोलेपछि उनी फर्किएको फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँ र कीर्तिपुर वृत्तले गरेको अनुसन्धानबाट सुरेशचन्द्र आफैँले आत्मदाह गरेको खुलेको हो । काठमाडौँका एसएसपी दिलिप घिमिरेले कार चालक श्रेष्ठ आफैँले आगो लगाएर आत्मदाह गरेको अनुसन्धानको निष्कर्ष रहेको रातोपाटीलाई बताए । उनले भने, ‘अहिलेसम्मको अनुसन्धानबाट घटनामा अरूको संलग्नता देखिएको छैन ।’
घटनास्थलमा पुगेका प्रहरीले आगो निभाउने प्रविधिको प्रयोग गरेर आगलागी नियन्त्रणमा लिँदा श्रेष्ठ चालक सिटमा मृत अवस्थामा भेटिएका थिए । ७० वर्षीय श्रेष्ठ औषधी व्यवसायी हुन् ।
कोरोना संक्रमण शुरु भएपछि औषधीको व्यापारमा घाटा भएसँगै उनी ऋणमा डुबेका थिए । आर्थिक रूपमा कमजोर भएपछि उनी तनावमा रहेको पारिवारिक स्रोतको भनाई छ । पछिल्लो समय सुरेशचन्द्र आर्थिक रूपमा कमजोर भएको र तनावको कारण उनले कारभित्रै आगो सल्काएर आत्मदाह गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
बुधबार त्रिवि शिक्षण अस्पतालमा उनको शव पोस्टमार्टम गरिँदै छ । उनले चलाएको कार २०६२ कार्तिक २७ मा नबिल बैंकबाट ऋण लिएर खरिद गरेको भेटिएको छ । यातायात व्यवस्था विभागको रेकर्ड अनुसार कार सुरेशचन्द्र र रजनी श्रेष्ठको रहेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण