बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
सारांश
- बागमतीका कृषि मन्त्री मधुसूदन पौडेलले आगामी सरकारको नेतृत्व अङ्क गणितीय रूपमा निर्धारण हुने बताएका छन्।
- उनले एमाले वा नेकपाले सरकारको नेतृत्व पाउन सक्ने र जसको संख्या पुग्छ उसले नेतृत्व लिने बताए।
- एमालेका मन्त्रीहरूले पार्टीको केन्द्रको निर्देशनअनुसार सामूहिक राजीनामा बुझाउने तयारी गरिरहेका छन्।
मकवानपुर । कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले बागमतीको आगामी सरकारको नेतृत्व अङ्क गणितीय रूपमा निर्धारण हुने बताए । उनले आगामी सरकार बाम गठबन्धनबाट एमाले वा नेकपाले गर्ने अवस्था रहेको उनले बताए ।
उनका अनुसार एमालेले सरकारको नेतृत्व पाएको खण्डमा कुल सांसदमध्ये जसले संख्या पुर्याउन सक्छ उसले सरकारको नेतृत्व लिनेछन् । एमालेमा दलको नेताको वा सरकारको विषयमा समस्या नरहेको उनले बताए ।
कांग्रेससँगको एक वर्षको सहकार्यलाई समीक्षा गर्दै मन्त्री पौडेलले केही मुद्दाहरूमा बेमेल भए पनि समग्रमा कार्यकाल सुखद रहेको बताए। आगामी सरकारको समीकरणबारे बोल्दै उनले अब नयाँ सरकार गठनको सम्भावना ५०–५० रहेको दाबी गरे।
'हामी नयाँ समीकरणका लागि राप्रपा र अन्य दलहरूसँग पनि संवाद गर्छौँ ' उनले भने, 'मन्त्री पौडेलले मन्त्रालयको सङ्ख्या बढाउने पक्षमा एमाले नरहेको समेत स्पष्ट पारे। विगतमा आफू नै कार्यदलको संयोजक भएर मन्त्रालयको सङ्ख्या घटाएको हो । हामी मन्त्रालयको सङ्ख्या बढाउने पक्षमा छैनौँ । बरु थोरै मन्त्रालयबाटै प्रभावकारी काम गर्ने पक्षमा छौँ।'
उनका अनुसार प्रदेश सरकारमा सहभागी एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने तयारी भइरहेको छ । केन्द्रीय राजनीतिमा फेरिएको सत्ता समीकरणसँगै एमालेले बागमती प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको उनले बताए ।
मन्त्री पौडेलले पार्टीको केन्द्रको निर्देशनअनुसार आफूहरू सरकारबाट बाहिरिन लागेको बताए । मन्त्री पौडेलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चितवनमा एक कार्यक्रममा रहेकाले उनी फर्किएपछि राजीनामा बुझाउने बताए।
'हामीले मुख्यमन्त्रीज्युसँग सम्पर्क गर्ने प्रयास गर्यौँ, उहाँ चितवनको कार्यक्रममा हुनुहुँदो रहेछ । उहाँ फर्किएपछि हामी सामूहिक रूपमा राजीनामा बुझाउँछौँ र समर्थन पनि फिर्ता लिन्छौँ।' उनले भने ।
२०८२ साल साउन २० गतेदेखि नेपाली कांग्रेससँगको सहकार्यमा बनेको सरकारमा एमालेका ६ जना मन्त्रीहरू सहभागी थिए। एमाले बाहिरिएसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको दौडधुप सुरु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण