बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
वीपी स्मृति दिवस

तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम

बुधबार, ०६ साउन २०८३, १३ : ४४
बुधबार, ०६ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको संस्थापन इतर समूहको वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भएको छ ।
  • कार्यक्रमको उद्घाटन संयोजक प्रकाशमान सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर गरेका हुन् ।
  • समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला) समूहको वीपी स्मृति दिवसको कार्यक्रम तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठानमा गर्ने कार्यक्रमका लागि समूहले पूर्व महामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा समिति बनाएको थियो । 

कार्यक्रमको उद्घाटन संयोजक सिंह, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालाले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । उनीहरूले कार्यक्रमको उद्घाटन गरेपछि बिरुवामा पानी पनि हालेका थिए ।  समूहले ‘संवाद, सहमति र एकता – आजको आवश्यकता’ विषयक स्मृति सभा कार्यक्रम गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप