गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
सारांश
- पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसलाई नयाँ ढङ्गले सुदृढ र बलियो बनाउन राष्ट्रिय भेलाको घोषणा गर्नुपर्ने बताएका छन् ।
- उनले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता कार्यकर्ताहरू कसैको व्यक्तिगत स्वार्थको पछि लाग्न नहुने बताए ।
- बस्नेतले यो कदम पार्टी फुटाउन नभई कांग्रेसलाई नयाँ स्वरूपमा सुदृढ गर्नका लागि भएको दाबी गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीलाई नयाँ ढङ्गले सुदृढ र बलियो बनाउन आजै राष्ट्रिय भेलाको घोषणा गर्नुपर्ने बताएका छन् ।
बीपीको ४४ औँ स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा उनले कुनै व्यक्तिको पछि लाग्नुभन्दा सङ्गठनलाई जगैदेखि बलियो बनाउन समानान्तर रूपमा गतिविधिहरू अघि बढाउनुपर्ने बताए ।
नेता बस्नेतले सभापति गगन थापाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेता–कार्यकर्ताहरू कसैको व्यक्तिगत स्वार्थको पछि लाग्न नहुने बताए ।
‘गगन थापासँग नेताहरू सती जाने होइन, बलियो पार्टी बनाउने हो,’ उनले भने, ‘गगन थापाहरू भदौ २ गतेदेखि वडा अधिवेशनमा लाग्ने भनिएको छ, हामीले राष्ट्रिय भेला घोषणा गरेर वडा तहसम्मै समानान्तर काम गरी नयाँ र बलियो पार्टी बनाउनुपर्छ ।’ उनले यो कदम पार्टी फुटाउनका लागि नभई कांग्रेसलाई नयाँ स्वरूपमा सुदृढ गर्नका लागि भएको दाबी गरे ।
प्रजातान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि कांग्रेस आफैँ सबल हुनुपर्ने उल्लेख गर्दै उहाँले वर्तमान भूराजनीतिक परिस्थितिका चुनौतीहरूलाई पनि ध्यान दिनुपर्ने औँल्याए ।
सुरक्षा र वैदेशिक चुनौतीतर्फ सङ्केत गर्दै उनले भने, ‘कति बेला कसको मिसाइल नेपालमा आउने हो ठेगान छैन, यस्तो अवस्थामा हामी बलियो हुनु आवश्यक छ ।’
राजनीतिक चुनौतीहरू सामना गर्न दृढ सङ्कल्प चाहिने उल्लेख गर्दै बस्नेतले भने, ‘जंघार तर्नका लागि खुट्टा लुला बनाएर हुन्न, दरिला बनाउनुपर्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण