एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
सारांश
- आर्थिक वर्ष २०८२/८३ मा सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीले करिब ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँ बराबरका चोरीपैठारी तथा अवैध निकासीका सामान बरामद गरेको छ।
- यस अवधिमा हतियार, लागूऔषध, मानव बेचबिखनका घटनामा संलग्न व्यक्तिहरू पक्राउ गरी कारबाही गरिएको छ।
- नदीजन्य पदार्थ, वन्यजन्तु र वनपैदावारको अवैध उत्खनन तथा चोरीपैठारी नियन्त्रणका साथै जनचेतना र वृक्षारोपण कार्यक्रम पनि सञ्चालन गरियो।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालय सुनसरीले आर्थिक वर्ष २०८२/८३ मा करिब ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँ बराबरका चोरीपैठारी तथा अवैध निकासीका सामान बरामद गरेको जनाएको छ।
बाहिनीका अनुसार मातहतका कार्यालयहरूले लत्ताकपडा, खाद्यान्नलगायत विभिन्न प्रकारका अवैध सामान बरामद गरी सम्बन्धित राजस्व तथा भन्सार कार्यालयमा बुझाएका छन्।
गत आर्थिक वर्षमा दुई थान पेस्तोल, एक थान म्याग्जिन, चार राउन्ड गोली र दुई थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ। लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १८१ पुरुष र १२ महिला गरी १९३ जनालाई पक्राउ गरिएको बाहिनीले जनाएको छ।
उनीहरूबाट करिब १ किलो १२३ ग्राम ब्राउन सुगर, १० हजार ७७३ किलोग्राम गाँजा तथा स्पास्मो प्रोक्सिभोन, ट्रामाडोल, नाइट्राभेट, डाइलेक्स डीसी, लुपिजेसिक, फेनारगन, नाइट्रोजन, एभिल र डाइजेपामलगायतका लागूऔषध बरामद गरिएको छ।
मानव बेचबिखन नियन्त्रणका क्रममा एक महिला र १८ पुरुषलाई पक्राउ गरिएको तथा २३ महिला, दुई पुरुष र १३ बालबालिकाको उद्धार गरी सम्बन्धित निकायमा जिम्मा लगाइएको बाहिनीले जनाएको छ।
त्यसैगरी, नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रणका क्रममा १०४ वटा ट्र्याक्टर, तीन वटा टिपर र पाँच वटा जेसीबी नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाइएको छ।
वन्यजन्तु तथा वनपैदावार चोरीपैठारी नियन्त्रणका क्रममा एक थान गैँडाको खाग, एक थान हरिणको सिङ र २ हजार ३३३ क्युबिक फिट विभिन्न प्रजातिका काठ बरामद गरिएको छ। यस प्रकरणमा संलग्न दुई जनालाई पनि पक्राउ गरिएको बाहिनीले जनाएको छ।
सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै विद्यालय, क्लब र विभिन्न समूहमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना अभियान पनि सञ्चालन गरेको जनाएको छ।
साथै, कोशी प्रदेशका विभिन्न स्थानमा ६ हजार ८४६ फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण