राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
सारांश
- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले वर्तमान राष्ट्रियता वि.सं. २०३३ सालको भन्दा सयौँ गुणा बढी खतरामा रहेको बताएका छन् ।
- उनले बीपी कोइराला र गणेशमान सिंह २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कँदाको बखतको तुलनामा अहिलेको परिस्थिति झन् भयावह भएको विश्लेषण गरे ।
- खड्काले पार्टीलाई पुनर्जीवन दिन र राष्ट्रिय सङ्कट टार्न साउन महिनाको अन्त्यमा काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले देशको राष्ट्रियता अहिले वि.सं. २०३३ सालको भन्दा सयौँ गुणा बढी खतरामा रहेको बताएका छन् । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रियता, लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेसभित्रको एकता अपरिहार्य रहेकोमा जोड दिए ।
खड्काले बीपी कोइराला र गणेशमान सिंह २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कँदाको बखतको तुलनामा अहिलेको परिस्थिति झन् भयावह भएको विश्लेषण गरे । उनले भने, ‘बीपी र गणेशमानजी जुन बेला राष्ट्रियता खतरामा पर्यो भनेर नेपाल फर्कनुभएको थियो, अहिलेको अवस्था त्योभन्दा सयौँ गुणा बढी खराब छ । राष्ट्रियता अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको छ ।’
नेता खड्काले कांग्रेस बलियो नभएसम्म देशमा अराजकता बढ्ने र उपलब्धिहरू गुम्ने खतरा रहने औँल्याए । उनले पार्टीभित्रको आन्तरिक कलह र विग्रहले राष्ट्रिय सङ्कट समाधानमा बाधा पुर्याएको बताए । विशेष महाधिवेशन र १४औँ महाधिवेशनका कार्यसमितिहरूलाई समायोजन गरेर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको माग थियो ।
पार्टी नेतृत्वप्रति लक्षित गर्दै उनले भने, ‘सभापतिले आफ्नो कार्यकालको अन्तिम समयमा आएर बीपीको विचार र प्रजातान्त्रिक समाजवादलाई छाडेर सामाजिक लोकतन्त्रको कुरा गर्नु पश्चगमन हो । हामी प्रजातान्त्रिक समाजवादलाई छाड्न सक्दैनौँ ।’ उनले पार्टीभित्र हुकुमी शासन चलिरहेको र विधि विधान मिचिएको आरोप समेत लगाए ।
संसद्को वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै उनले संसद् नै ‘डिफङ्क्ट’ (निष्प्रभावी) भएको र सरकार फेसबुकको स्ट्याटसबाट चलिरहेको टिप्पणी गरे । ‘संसद् छ कि छैन सांसदहरूलाई नै थाहा छैन । के हुँदैछ भन्ने कसैलाई जानकारी छैन,’ खड्काले भने ।
पार्टीलाई पुनर्जीवन दिन र राष्ट्रिय सङ्कट टार्न साउन महिनाको अन्त्यमा काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिने उनले जानकारी दिए । उनले पार्टी नेतृत्वलाई व्यक्तिवादी चरित्र र स्वार्थीपन त्यागेर बृहत्तर हितका लागि संवाद र सहमतिमा आउन आग्रह गरे । एकता नभए नयाँ कार्यदिशा तय गर्न बाध्य हुने चेतावनी समेत उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण