पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
काठमाडौँ । पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी ४० जनाभन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । बाढीमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले बुधबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पु¥याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
राष्ट्रसङ्घ र उसका मानवीय सहायता साझेदारहरूले प्रभावित क्षेत्रको आवश्यकताको मूल्याङ्कन गर्दै आपत्कालीन सहायता परिचालन गरिरहेका छन् । प्रभावित परिवारका लागि अस्थायी आश्रय, खाद्यान्न, स्वास्थ्य सेवा, अत्यावश्यक घरायसी सामग्री तथा मनोसामाजिक सहयोगलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
मानवीय सहायता संस्थाहरूले राहत सामग्री पुर्याउन स्थानीय अधिकारीहरूसँग समन्वय गरिरहेका छन् । तर क्षतिग्रस्त सडक र कठिन भौगोलिक अवस्थाका कारण केही बढी प्रभावित समुदायसम्म सहायता पुर्याउन कठिनाइ भइरहेको राष्ट्रसङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण