युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
बिहीबार, ०७ साउन २०८३, २२ : ४३
सारांश
- पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि अमेरिकाको विदेश मन्त्रालयले ट्राभल एड्भाइजरी जारी गरेको छ ।
- इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भीषण आक्रमणको धम्की दिएलगत्तै यो चेतावनी आएको हो ।
वासिङ्टन डीसी । अमेरिकाको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एड्भाइजरी जारी गरेको छ । मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ ।
इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै ‘भीषण आक्रमण’ गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको धम्की दिए लगत्तै विदेश मन्त्रालयको यो चेतावनी आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण