शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?

शुक्रबार, ०८ साउन २०८३, १६ : १८
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • इंग्ल्याण्डका कप्तान ह्यारी केन र बायर्न म्युनिखबिच नयाँ सम्झौताबारे औपचारिक वार्ता हुने भएको छ।
  • केनको सम्झौता सकिँदै गर्दा बायर्नले उनलाई क्लबमै राख्न इच्छुक छ र केन पनि यस विषयमा जानकार छन्।
  • बायर्नमा केनले दुई बुन्डेसलिगा उपाधि र जर्मन कप जिताउनुका साथै १३४ खेलमा १४६ गोल गरेका छन्।

म्युनिख । इंग्ल्याण्डका कप्तान ह्यारी केन र जर्मन च्याम्पियन बायर्न म्युनिखबिच नयाँ सम्झौताबारे औपचारिक वार्ता हुने भएको छ।

केनको वर्तमान सम्झौता आउँदो सिजनको अन्त्यसँगै सकिँदै छ। तर बायर्न भने आफ्ना स्ट्राइकरलाई क्लबमै राखिराख्न इच्छुक छ। 

३२ वर्षीय केन बायर्नको यो चाहनाबारे जानकार रहेको र आउँदा साताहरूमा छलफल अघि बढ्ने अपेक्षा गरिएको छ। केन सन् २०२३ मा ८ करोड ६० लाख पाउन्डमा टोटनह्यामबाट बायर्न म्युनिख आएका थिए।

म्युनिख बसाइका क्रममा उनले निकै सफलता हासिल गरेका छन्। उनले क्लबलाई दुईवटा बुन्डेसलिगा उपाधि र जर्मन कप जिताउन मद्दत गरेका छन्। हालै सम्पन्न विश्वकपमा इङ्ल्यान्डका लागि ६ गोल गरेका केनले बायर्न आएयता १३४ खेलमा १४६ गोल गरिसकेका छन्।

बायर्नले उनलाई नयाँ सम्झौतामा बाँध्न चाहे पनि युरोप र अन्य क्षेत्रका क्लबहरूले अझै पनि केनप्रति चासो देखाइरहेका छन्। बार्सिलोनाले इंग्ल्याण्डका कप्तानप्रति लामो समयदेखि चासो राखिरहेको छ भने साउदी अरेबियाका क्लबहरू पनि उनीसँग जोडिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप