अपडेट
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
शुक्रबार, ०८ साउन २०८३, २२ : ३८
सारांश
- रौतहटको गुजरा नगरपालिकामा ४५ वर्षीया रेणुदेवी जैसवालको खुकुरी प्रहार गरी हत्या भएको छ ।
- प्रहरीले बारा घर भई गुजरा बस्दै आएका ३५ वर्षीय उपेन्द्र शाह कलवारलाई पक्राउ गरेको छ ।
- स्थानीयले ढुङ्गा प्रहार गरी घाइते बनाएका आरोपीको उपचार भइरहेको छ ।
काठमाडौँ । रौतहटको गुजरा नगरपालिका वडा नम्बर–५ मा एक जना महिलाको हत्या भएको छ । शुक्रबार ४५ वर्षीया रेणुदेवी जैसवाललाई एक जना युवकले हत्या गरेका हुन् ।
खुकुरीले घाँटीमा प्रहार गरेर उनको हत्या भएको रौतहटका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए । घटनास्थलमा प्रहरी पुग्दा आरोपी खुकुरी लिएर घटनास्थलमा बसेका थिए । स्थानीयको सहयोगमा प्रहरीले बारा घर भएर गुजरा बस्दै आएका ३५ वर्षीय उपेन्द्र शाह कलवारलाई पक्राउ गरेको छ ।
आरोपीले खुकुरी बोकेर घटनास्थाल नछाडेपछि स्थानीयले ढुङ्गा प्रहार गरेर पक्राउ गर्न प्रहरीलाई सहयोग गरेका थिए । ढुङ्गा प्रहारबाट घाइते भएका आरोपीको उपचार भइरहेको एसपी रिजालले बताए ।
मृतक महिलाको गर्धनमा चोट लागेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण