शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी

शुक्रबार, ०८ साउन २०८३, २२ : ४५
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • अमेरिकी राष्ट्रपतिले रुस र चीनलाई इरानलाई हतियार नबेच्न चेतावनी दिएका छन्।
  • ट्रम्पले सी र पुटिनबाट आश्वासन पाएको दाबी गरेका छन्।
  • हथियार बिक्री राष्ट्रको हितमा नहुने चेतावनी दिए।

काठमाडौँ । चीन र रुसलाई इरानलाई हतियार बिक्री गरेमा यो उनीहरूको हितमा नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चेतावनी दिएका छन् ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए ।

“इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठुला देश मेरो विचारमा यसमा संलग्न छैनन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमा लेखेका छन् ।

उनले भने, “यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप