शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी

शनिबार, ०९ साउन २०८३, १४ : ३६
शनिबार, ०९ साउन २०८३

सारांश

  • वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • राज कुमार भण्डारीले न्युजिल्यान्ड पठाइदिने भन्दै दुई जनाबाट ३ लाख र सुरेश घिमिरेले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट १८ लाख रुपैयाँ ठगी गरेका थिए।
  • पीडितहरूको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई काठमाडौँको तारकेश्वर र चाबहिलबाट पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको छ।

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्यान्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ तारकेश्वर नगरपालिका–१० बस्ने रूपन्देहीका ५१ वर्षीय राज कुमार भण्डारी र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने ओखलढुङ्गाका २९ वर्षीय सुरेश घिमिरे रहेका छन्।

पक्राउ परेकामध्ये राज कुमारले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ३ लाख रूपैयाँ र सुरेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले राज कुमारलाई काठमाडौँ तारकेश्वरबाट र सुरेशलाई काठमाडौँ चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप