सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
समिति बैठक

आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै

सोमबार, ११ साउन २०८३, ०५ : ४१
सोमबार, ११ साउन २०८३

सारांश

  • तीन संसदीय समितिको बैठक आज बस्दैछ।
  • शिक्षा समितिमा चिकित्सा शिक्षा ऐन कार्यान्वयनबारे छलफल हुनेछ।
  • विकास समितिमा वार्षिक कार्ययोजना र सार्वजनिक नीति समितिमा पदाधिकारीसँग छलफल हुनेछ।

काठमाडौँ। सङ्घीय संसद् मातहतका तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

कार्यसूचीअनुसार अपराह्न २ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी, बिहान ११ः०० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । उक्त बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुने बताइएको छ ।

यस्तै, बिहान ११ः३० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप