घाइते भए जुनियर एनटीआर
सारांश
- दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर काँधमा चोट लागेपछि छ देखि आठ हप्ता आराम गर्नुपर्ने भएको छ ।
- एक गतिविधिमा संलग्न हुने क्रममा घाइते भएका एनटीआरलाई डाक्टरहरूले पूर्ण आरामको सल्लाह दिएका छन् ।
- हाल उनी प्रशान्त नील निर्देशित फिल्म 'ड्र्यागन' को छायांकनमा व्यस्त छन् ।
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेता जुनियर एनटीआर घाइते भएका छन् । अभिनेताको टोलीले उनको काँधमा चोट लागेको विवरण सहितको आधिकारिक विज्ञप्ति जारी गरेको छ ।
उनलाई एउटा एक्टिभिटीको क्रममा काँधमा चोट लागेको बताइएको छ । उनलाई तुरुन्तै डाक्टरकहाँ लगिएको र डाक्टरहरूले उनको जाँच गरेर लगभग छ देखि आठ हप्ता आराम गर्न सल्लाह दिएका छन् ।
‘हामी तपाईँलाई यो जानकारी गराउन पाउँदा दुःखी छौं कि जुनियर एनटीआरको काँधमा चोट लागेको छ । पूर्ण चिकित्सा परीक्षण पछि, डा. जे. मधुसूदन राव र डा. आर.ए. पूर्णचन्द्र तेजस्वीको नेतृत्वमा डाक्टरहरूको टोलीले उनलाई पूर्ण स्वास्थ्यलाभ सुनिश्चित गर्न छ देखि आठ हप्ता पूर्ण आराम गर्न सल्लाह दिएको छ,’ जुनियर एनटीआरको टोलीले एक विज्ञप्तिमा भनेको छ ।
आत्तिनु पर्ने अवस्था नभएको अनि उनको स्वास्थ्य र स्वास्थ्यलाभको बारेमा आधिकारिक अपडेटहरू उचित समयमा दिइने पनि बताइएको छ ।
कामको कुरा गर्ने हो भने जुनियर एनटीआर हाल २०२७ मा रिलिज हुने फिल्म ‘ड्र्यागन’मा व्यस्त छन् । यो फिल्म प्रशान्त नीलले निर्देशन गरेका हुन् । गत वर्ष, जुनियर एनटीआर बलिउड फिल्म ‘वार २’मा देखा परेका थिए । यस फिल्ममा ऋतिक रोशनको पनि अभिनय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभा पुरुष भलिबल : पाँचौ स्थानका लागि भएको खेलमा पनि हार्यो नेपाल
-
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण