सर्लाहीमा काँग्रेस कार्यकर्तामाथि कसले चलायो गोली ?
सर्लाही–सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान गोली प्रहार गरी एक जनाको हत्या गरिएको छ ।
बिहान साढे ८ बजे आएको एक समूहले रामनगर गाउँपालिका ४ का नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता रामविलास महतोमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी पोषराज पोखरलेका अनुसार बिहान साढे ८ बजे महतोको घरमा पुगेको समूहले गोली प्रहार गरेको हो । गोली प्रहार लगत्तै स्थानीय ५० वर्षीय काँग्रेस कार्यकर्ता रामविलास महतोको मृत्यु भएको हो ।
स्थानीयमाथि गोली प्रहार भएपछि त्यहाँ दुई पक्षबीच झडप भएको छ । झडपका क्रममा ४ जना घाइते भएका छन् । झडपले उग्ररुप लिएपछि प्रहरीले हवाई फायरसमेत गरेको छ । घटनास्थलमा यतिबेला सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ ।
घटनामा मृत्यु भएका पीडित परिवारले भने नेकपाका कार्याकर्ताले घटना गराएको आरोप लगाएका छन् । तत्कालीन माओवादी केन्द्र र नेपाली कांग्रेसबीच यहाँ पहिलेदेखि नै विवाद र झडप हुने गरेको थियो ।
आज बिहान घटना हुनुभन्दा ठीक एक दिनअगाडि सोमबार मात्रै रामनगर गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामनरेश महतोमाथि एक समूहले आक्रमण गरेको थियो ।
सोमबार वडा कार्यालय जाँदै गर्दा स्थानीय उपेन्द्र रायको घरमा बसिरहेका १५–२० जनाको समूहले महतोमाथि आक्रमण गरेका थिए ।
आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ भने उनको बायाँ खुट्टा भाँच्चिएको छ । महतोको मलङ्गवास्थित सर्लाही अस्पतालमा उपचार भइरहेको छ ।
वडाध्यक्ष महतोको आक्रमणपछि सोमबार साँझ पनि गाउँमा झडप भएको थियो ।
त्यस झडपपछि सोमबार साँझसम्म पनि गाउँमा तनाब भएको थियो । यसै तनाबका बीच मंगलबार बिहानै स्थानीय कांग्रेस कार्याकर्ता रामविलास महतोमाथि गोली प्रहार भएको हो । रामविलास वडाध्यक्ष रामनरेश महतोका काका हुन् ।
गोली कुन समूहले किन चलायो यकिन हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा राजनीतिक कारणबाट भएको र यसमा नेकपाका कार्याकर्ताहरुको संलग्नता हुन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण