सिरहामा दिनहुँ शव भेटिन थाल्यो
सिरहा । सिरहाको विन्दाभिन्दै ठाउँमा परिचय नखुलेको दुई शव फेला परेको छ । लहान नपा ३ मटियर्वामा अन्दाजी ३५ वर्षीय जस्तो देखिने एक युवकको शव पानीमा डुवेको अवस्थामा आज (बिहिवार) विहान फेला परेको छ ।
मझौला शरीर भएको, दाह्री जुँगा पालेको, दाहिने पाखुरामा ट्याटु खोपेको, हरियो सेतो कोठे आफ पाइन्ट र सर्ट लगाएको युवकको शव फेला परेको प्रहरीले जनाएको छ । युवकको शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको जनाएको छ ।
त्यसैगरी, सिरहा नपा ६ स्थित कमलानदी किनारमा बुधबार अपरान्ह एक अपरिचित युवतीको शव फेला परेको छ । अन्दाजी करिब २५ वर्षकी मधेसीमुलकी देखिने युवतीको शव वुधबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधवराज खरेलले जानकारी दिए ।
रातो रंगको कुर्ता, कालो सुरुवाल, कालै सुइटर निलो आकाशे रंगको सल लगाएकी युवतीको शवको अझै सनाखत हुन सकेको छैन । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण