बजाज पल्सर एनएस १६० टिडि नेपाली बजारमा
काठमाडौं । बजाज मोटरसाइकलको लागि आधिकारीक बिक्रेता एचएच बजाजले अल न्यू बजाज पल्सर एनएस १६० ट्वीन डिस्कलाई नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । यसमा २ वटा डिस्क ब्रेक, सार्प डिजाइन र बिभिन्न चार कलर भेरिएन्टमा बजारमा उपलब्ध रहेको छ ।
बजाजको पल्सर एनएस १६० टिडिलाई चार कलर भेरिएन्टमा ल्याईएको छ । जसमा प्यासन रेड, पर्ल मेटालिक ह्वाईट, सफ्फिरे ब्लु र ग्लसी पेव्टर ग्रे रहेको छ । यस बाइकमा १७ इञ्च एलोय ह्वीलमा मेट ब्ल्याक दिइएको छ ।
नयाँ बजाज पल्सर १६० टिडिमा ड्यूल डिस्क ब्रेक दिइएको साथमा युवालाई आर्कषीत गर्न बायकमा मोटो ह्वील, मोटो टायर, च्येसीस र सकरपनि पहिलाको तुलनामा ठूलो बनाएर ल्याइएको छ । एनएस बजाजका अनुसार युवा पुस्तालाई लक्षित गरेर कम्पनीले यसमा थुप्रै परिवर्तन गरेको छ । बाइकमा स्प्लीट सिट, स्प्लीट ग्रेव रेल, लोंगेर व्हील्बेस राखिएको छ ।
पल्सर एनएस ट्वीन डिस्क १६०.३ सीसी सिंगल सिलिन्डर डिटिएसआई इञ्जिन दिइएको छ । यस बाइकमा दुईवटा भल्भ जडान गरिएको छ । यसमा लगाइएको ट्वीन स्पार्क मोटरले ८५०० आरपीएममा १५.५ बीएचपी पावर र ६५०० आरपीएममा १४.६ एनएम टर्क उत्पादन गर्छ ।
यसमा १२ लिटर पेट्रोल अट्ने ट्याङ्की दिइएको छ भने ५ गिएरमा उपलब्ध रहेको छ र ग्राउंड क्लीयरेन्स १६७ एम एम रहेको छ । पल्सर एनएस १६० टिडिले अप्टिमाईजेशनका साथ नोइज, भाइव्रेशन र हार्सनेश लेभलमा पनि सुधार गरिएको छ । नेपाली बजारमा बजाज पल्सर १६० टिडिको मूल्य दुई लाख ८६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
हंशराज हुलासचन्द र कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ‘प्रडक्टको डिजाइन, क्वालीटी र उत्कृष्ट इन्जिन टेक्नोलोजिले गर्दा बजाजका मोटरसाइकल धेरैको प्रथम रोजाईमा परेको हो । बजाजले जसरी आफ्ना उत्पादनमा प्रविधिको प्रयोग गरिरहेको छ, त्यसले सधै आफुलाई अब्बल प्रमाणित गर्दै आएको छ ।
बजाजको लिगेसीलाई यो पल्सर एनएस १६० टिडिले क्यारी गरेको छ । साथै यो पल्सर परिवारमा नयाँ थपिएको मोडल हो र यो सेग्मेन्टमा नै अत्यन्त नयाँ उत्पादन हो । हामीलाई विश्वास छ पल्सर एनएस १६० टिडिले चालकको एक्स्पेक्टेसन पुरा गर्ने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुत्केरीलाई प्रसूति बिदा ६ महिना पुर्याउने प्रस्ताव
-
सुनसरी घटनामा संयमता र सामाजिक सद्भाव कायम राख्न गगन थापाको अपिल
-
गोपालमान श्रेष्ठको निधनप्रति पूर्णबहादुर खड्काद्वारा दुःख व्यक्त
-
१० बजे १० समाचार : सुनसरीमा सद्भावका लागि अपिल, अस्पतालमा पनि आन्दोलन
-
सुनसरीका यी क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू (सूचनासहित)
-
कर्णालीमा मुख्यमन्त्री नियुक्त, अन्यमा कसरी हुँदै छ एमाले र नेकपाबिच ‘पावर सेयरिङ’ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण