कविता : निर्दयी आत्माहरू
–प्रिती अर्याल
अपूर्णताले भरिएको
यो जीवनमा
तिम्रो पाठेघरले
निपूर्णता कहिल्यै
पाउने छैन
मेरो प्राण भन्दै
मनभित्र मातृत्वको
सुगन्ध मुस्कुराउँदै
पाठेघरको आँगनभरी
लुकामारी खेल्थ्यौँ
खेल्थ्यौँ कैयौँ खेलहरू
म अनुभूत गर्थें
घामसँगै, जुनसँगै
तिमी मुस्कुराएको
तिमी उदाएको...
तर आज सट्टामा
तिम्रो चेतनाले
मलाइ पटक पटक
पछारिह्यो लछारिह्यो
झम्टी झम्टी आएर
आगोका लप्का
सल्काएर पाठेघरमा
यातनाका भुमरीमा
मिल्काइरहेछौँ घरिघरी
कर्तव्यले थिचेपछि
बिर्सेर अभिभारा पाठेघरको
कठालो समातेर उभिन्छौँ
हिलोमा मिल्काउन
लाज पचाउँदै
मिल्काउँछौँ आगनका डिलमा
धुलाम्य सडक पेटीमा
ओसिलो चौतारोमा
त कहिले पशुपतिको घाटमा
त कहिले बेसहारा आश्रमहरूमा
चट्टानमा बेस्मारी पछार्छौं
अनि
मिल्काउँछौँ चारकोशे झाडीमा
त्यसैले
आन्दोलनमा आउ
आफ्नै स्वविवेकले
आगो लगाऊ
पाठेघरका भित्ताहरूमा
डडेलो लगाऊ
ती आँगनभरी
र उजाड बनाऊ
पुनः अङ्कुराउने छैनन् ती
निर्दयी आत्माहरू ...।
हाल : बुटवल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण