सिरियलमा नकारात्मक भूमिका निभाएकी आम्रपालीलाई वृद्धाले धकेलेर लडाइदिइन्, घाइते
जिटिभीमा प्रशारण भएको भारतीय टेलिसिरियल ‘कुबुल हे’ मा आम्रपाली गुप्ताले तनवीरको नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाको मूल्य आम्रपालीले घाइते भएर चुकाउनु परेको छ । तनवीरको भूमिकासँग रुष्ट एक वृद्धाले आम्रपालीलाई धकेलेर लडाइदिइन् जसका कारण उनको हात खुट्टामा चोट लागेको छ ।
इन्टरटेनमेन्ट वेबसाइट स्पटबोईको खबर अनुसार यो सिरियल बन्द भइसकेको छ ।
मन्दिरमा भयो यस्तोः
आम्रपालीका अनुसार उनलाई एक मन्दिरमा एक वृद्धाले धकेलेकी हुन् । उनका अनुसार गत मंगलबार बेलुकी मन्दिर गएकी आम्रपालीसँग उनका प्रशंसकहरुले फोटो खिचाइरहेका बेला ती महिला उनी नजिकै आइन् र उनलाई बेस्सरी धकेलेर लडाइदिइन् । उनले भनिन्, ‘मलाई लडाएपछि पनि ती वृद्धाले ‘तिमी खराब महिला हौ, किन अरुलाई दुःख दिन्छौ ? ’ भन्दै चिच्याइरहेकी थिइन् ।’
सोच्नै सकिनँ के गरुँः
आम्रपालीले भनिन्, ‘घटनापछि मैले के गर्ने सोच्नै सकिनँ । ती वृद्धा महिला थिइन् त्यसकारण मैले केही गर्नै सकिनँ । मलाई चोट लाग्यो । तर यो अचम्मको कुरा हो कि उनले मेरो काम याद गरिरहेकी छिन् । तर यस्तो हुनु मेरो लागि खतरनाक होइन र ?’
केही महिनाअघि पनि भएको थियो एक घटनाः
आम्रपालीसँग केही महिनाअघि पनि एक घटना भएको थियो । अगस्टमा मुम्बईबाट दिल्ली जाने बेला विमानमा सँगै बसेका यात्रीले उनीमाथि दुर्व्यवहार गरेका थिए । ती यात्रीले आम्रपालीसँग फोटो खिचिरहेका थिए र उनलाई गलत तरिकाले छुने कोसिस गरिरहेका थिए । त्यसपछि आम्रपालीको सिट परिवर्तन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण