मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री

मङ्गलबार, ३० असार २०८३, १४ : २३
मङ्गलबार, ३० असार २०८३

सारांश

  • प्रधानमन्त्री बालेन शाह करिब २० मिनेटका लागि प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिएका छन् ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि उनीसँगै बैठकमा सहभागी भएर बाहिरिएका छन् ।
  • प्रधानमन्त्री शाहले भारतले नेपाली भूमि मिचेको भन्ने भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने वा माफी माग्नुपर्ने मागका बीच उनी बैठकमा उपस्थित भएका थिए तर जवाफ दिएनन् ।

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा करिब २० मिनेट बसेर प्रधानमन्त्री बालेन शाह बाहिरिएका छन् । उनीसँगै सदनमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बाहिरिएका छन् । 

प्रधानमन्त्री शाह र सभापति लामिछाने  बैठकमा सहभागी हुनका लागि दिउँसो १ बजेर ३७ मिनेटमा प्रवेश गरी करिब २० मिनेट बसेर बाहिरिएका हुन् । 

विपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ मागिरहेका बेलामा सिंहदरबारस्थित संसद् भवनमा जारी प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन उपस्थित भएका थिए । तर उनी जवाफ नदिई बाहिरिएका हुन् । 

गत जेठ १७ गते सांसदका प्रश्नको जवाफ दिने बेलामा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको बताएका थिए । त्यो भनाइको सत्यता सदनमा पेस गर्नुपर्ने नभए माफी माग्नुपर्ने सांसदहरूको माग छ । आजको बैठकमा प्रधानमन्त्री उपस्थित भएपछि जवाफ दिने आकलन गरिए पनि नदिई बाहिरिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप