सिरहामा टेलिकमको रिपिटर टावर नजिकै प्रेसरकुकर बम फेला
सिरहा । सिरहा सिरहाको गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिक शक्तिशाली प्रेसर कुकर बम भेटिएको छ ।
गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीदेखि ५० मिटर पश्चिम र टेलिकमको रिपिटर टावरनजिकै बम भेटिएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
प्रहरीका अनुसार बाहिर प्रेसरकुकर देखिएपनि घाँसभित्र राखिएकाले के हो भन्ने यकिन हुन सकेको छैन ।
घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेर राखेका छन् ।

स्वतन्त्र तराई निर्माण सेनाको पर्चा
बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’ को पर्चा भेटिएको छ ।
मिति, छाप र आधिकारिक हस्ताक्षर समेत नरहेको पर्चामा औपनिवेशिक शासनविरुद्ध तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशक सुरु भएको र त्यसका लागि हुने संघर्षलाई निरन्तरता दिन सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण