‘नयाँ वर्ष’ मनाउन नगरकोटमा पर्यटकको घुइँचो
नगरकोट– अंग्रेजी नयाँ वर्ष सन् २०१९ मनाउन पर्यटकीय स्थल नगरकोटमा आन्तरिक पर्यटकहरुको घुइँचो हुने भएको छ । अंग्रेजी नयाँ बर्ष सन २०१९ आउन एक हप्ता अगाडिबाट नगरकोटका प्रायः सबै होटलहरु बुकिङ्ग भैसकेको होटल व्यवसायीहको भनाई रहेको छ ।
भक्तपुर र काभ्रेको सिमाना रहेको नगरकोटमा अंग्रेजी नयाँ बर्ष मनाउन विदेशी भन्दा पनि आन्तरिक पर्यटकहरुले होटल बुकिङ्ग गरेका मेरिगोल्ड होटलका सञ्चालक गोकुल लामिछानेले बताए ।
पर्यटक लोभ्याउने होटलको खाना र बस्ने प्याकेजमा छुट सहितको विभिन्न सांगीतिक कार्यक्रमहरु समेत हुने उनले बताए ।
नयाँ बर्षको सुर्योदय र मनोरम हिमालको दृश्यावलोकनका लागि पर्यकटहरु नगरकोट पुग्ने गरेका छन् । नयाँ बर्षका लागि भन्दै यहाँका होटल व्यवसायीहरुले पर्यटकलाई आर्कषित गर्न छुट सहितको नयाँ प्याकेज ल्याउनुका साथै विभिन्न सांगितीक कार्यक्रम समेत राखेका छन् ।
होटल व्यवसायीहरुले १० देखि १५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बोजिनी नगरकोट रिर्सोटका सञ्चालक दामोदर दंगालले बताए । विदेशी पर्यटकहरुले भरिभराउ हुने नगरकोट क्षेत्र अहिले भने आन्तरिक पर्यटकका लागि गन्तव्यस्थलको रुपमा परिचित हुन थालेको छ ।
यहाँ आउने पर्यटकमध्ये विदेशी भन्दा पनि आन्तरिक पर्यटक खर्च बढी गर्ने भएकाले पनि व्यवसायीहरुले आन्तरिक पर्यटक लोभ्याउने गरेका छन् । नगरपालिकाले लगाएको पर्यटन शुल्क र नगरकोट आउने बाटोकै कारण विदेशी पर्यटकको संख्या घटेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामको गुनासो रहेको छ ।
नगरकोट क्षेत्रको पर्यटन विकासका लागि व्यवसायीहरुले नयाँ बर्षको लागि मात्र नभई अन्य दिनहरुलाई पनि विषेश बनाउन नयाँ नयाँ कार्यक्रमहरु ल्याउनुपर्ने देखिन्छ । सडकको खराब अवस्था र स्थानीय सरकारको कर नीतिले गर्दा पनि पछिल्लो समय नगरकोटमा बाह्य पर्यटकहरुको कमी हुँदै गएको छ ।
आन्तरिक पर्यटहरुकले नै साना तथा मझौला होटलहरु चल्ने गरेको पर्यटन व्यवसायीहरुको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण