सोनालीको जन्मदिनमा श्रीमान् गोल्डीको भावुक सन्देश
बलिउड नायिका सोनाली बेन्द्रेले जनवरी एक तारिखमा आफ्नो जन्मदिन मनाइन् । यो उपलक्ष्यमा उनका फिल्म निर्माता श्रीमान् गोल्डी बहलले सोसल मिडियामा उनका लागि मेसेज लेखेका छन् ।
इन्स्टाग्राममा सोनालीसँगको फोटो पोस्ट गर्दै गोल्डीले लेखेका छन्, ‘ह्याप्पी बर्थडे सोनाली । मानिसहरु भन्छन् कि तपाईंको पार्टनर तपाईंको बेस्ट फ्रेन्ड हुनुपर्छ, तपाईंको अडिटर हुनुपर्छ, तपाईंको ऐना हुनुपर्छ, तपाईंको ताकत हुनुपर्छ, तपाईंको प्रेरणा हुनुपर्छ । तिमी मेरो लागि सबै हौ ।’
आफ्नो पछिल्लो वर्षबारे उनी लेख्छन्, ‘सन् २०१८ तिम्रो लागि कठिन वर्ष रह्यो तर तिमीले जुन बहादुरीले यसलाई सम्हाल्यौ, मलाई तिमीमा गर्व छ । तिमीले मलाई मेरो शक्ति प्राप्त गर्नमा सहयोग मात्रै गरेनौ ती सबै आत्मालाई शक्ति दियौं जसले तिमीलाई नजिकबाट अनुसरण गरे । तिमी जे छौ, त्यसको लागि धन्यवाद ।’
सोनालीले आफ्नो जन्मदिनको पार्टी पनि आयोजना गरेकी थिइन् जसमा उनको परिवार र नजिकका साथीहरुको उपस्थिती रह्यो । पार्टीमा रितिक रोशन र कुणाल कपुरसमेत पुगे ।
सोनालीले आफूलाई हाई–ग्रेड क्यान्सर भएको जानकारी दिएर सबैलाई चकित बनाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुरा–हुम्ला सीमा विवाद : १० जना थुनामा, ८ जना धरौटीमा रिहा
-
पूर्वाधारमन्त्री भन्छन्– काठमाडौँमा सरकारी लगानीमा मेट्रो रेल बन्दैन
-
मलाई निरन्तर गोली हान्ने र ज्यान मार्ने धम्की आइरहेको छ: प्रमुख सचेतक महर
-
तारकेश्वरको रिसोर्टमा प्रहरीको छापा, २४ जना जुवाडे पक्राउ
-
करार कर्मचारी हटाउने तयारीविरुद्ध अर्थ मन्त्रालयको गेटमा धर्ना, तस्बिरहरु
-
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण