जलस्रोतको धनी देशमा खानेपानीको यस्तो हाहाकार ! (तस्बिरहरु)
सोमबार, २३ पुस २०७५, १३ : ०८
काठमाडौं–जलस्रोतको दोस्रो धनी देश नेपाल । तर, जलस्रोतका उचित व्यवस्थापन गर्न नसकिँदा जहाँतहीँ पानीको हाहाकार हुने गरेको छ । चाहे ग्रामिण क्षेत्रमा होस् या राजधानी उपत्यकामा नै किन नहोस्, पानीको समस्या विकराल छ ।
विशेष गरी हिँउदको समयमा राजधानीमा खानेपानीको पानीको समस्या बढी देखिन्छ । रातोपाटीकर्मी ललितपुरको गुसिङ्गालमा पुग्दा यस्तै अभावको एउटा तस्बिर देखिन्थ्यो ।
गुसिङ्गालस्थित राम मन्दिर नजिकै एउटा इनार छ । जहाँ आसपासका स्थानीय लुगा धुन तथा नुहाउनका लागि आउने गर्छन् । घरमा पानीको समस्या रहेको र इनारमा केही हदसम्म भएपनि पानी पाइने भएकाले आउने गरेको उनीहरुले प्रतिक्रिया दिए ।
इनारमा सधैं स्थानीयको भीड लाग्ने गर्छ । पालो नपाइने भएकाले कति त मध्यरातमा समेत पानी लिनका लागि त्यहाँ पुग्ने गरेका छन् ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर ओरालो, धितोपत्र बोर्ड घेर्न पुगे लगानीकर्ता
-
चार शीर्ष टोलीको सेमिफाइनल यात्रा नयाँ 'ड्र' प्रणालीकै कारण हो ? किन लाग्यो यस्तो आरोप ?
-
सरकार भन्छ, ‘पर्याप्त मल छ’, किसान भन्छन्– हामीले पाएनौँ !
-
गणेश नेपाली प्रकरण ओझेलमा पार्न सरकारकै आडमा त्रास फैलाइयो : मल्ल
-
राजमार्ग खुला भएसँगै नयाँ बसपार्कमा बढ्यो चहलपहल, तस्बिरहरु
-
देश निराशा र सङ्कटमा छ, लोकतन्त्र समाप्त भए कोही रहँदैनौँ : डा. अमरेश सिंह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण