वैज्ञानिकद्वारा अन्तरिक्षबाट आउने रहस्यमयी तरंग पत्ता लगाएको दाबी
हेलेन ब्रिग्स /बीबीसी
अन्तरिक्ष वैज्ञानिकले ग्यालेक्सीबाट रहस्यमयी तरंग निस्किने गरेको दाबी गरेका छन् ।
यी संकेतलाई क्यानडाको एक टेलिस्कोपले कैद गरेको हो ।
यद्यपी, यो रेडियो तरंग कहाँबाट निस्किएको र त्यसको प्रकृति के हो, त्यसबारे केही जानकारी नभएको बताइएको छ ।
वैज्ञानिकले १३ वटा फास्ट रेडियो बर्स्ट (एफआरबी) तरंगबारे पत्ता लगाएका छन् जुन १.५ अर्ब प्रकाश वर्ष टाढाबाट उत्पन्न भएको हुनसक्ने अनुमान गरिएको छ ।
फास्ट रेडियो बर्स्ट ती रेडियो तरंगलाई भनिन्छ जसमा निकै कम समयका लागि रेडियो संकेत उत्पन्न हुन्छ । यसको स्रोत र यो कसरी उत्पन्न हुन्छ भन्नेबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन । यो हाम्रो ग्यालेक्सी बाहिर उत्पन्न हुने बताइन्छ । यो ब्रह्माण्डको कूल लम्काईको आधा दुरीबाट आउँछ भन्ने अनुमान गरिन्छ ।
तर यस्ता घटना यसअघि पनि रेकर्ड भइसकेको छ । यसलाई टेलिकोस्पले नै रेकर्ड गरेको थियो ।
युनिभर्सिटी अफ ब्रिटिश कोलम्बिया (यूबीसी) का खगोलविद् इनग्रिड स्ट्यार्यले भने, ‘दोस्रो पटक यस्तो हुनुको संकेत यो हो कि त्यहाँ यस्ता तरंग उत्पन्न भइरहन्छन् । यदि हामीलाई यस्ता तरंग र त्यसका श्रोतबारे पत्ता लागेको खण्डमा हामीले अन्तरिक्षको यो रहस्यलाई बुझ्न सक्नेथियौं ।’
ब्रिटिश कोलम्बियाको ओकनागन भ्यालीमा क्यानेडियन हाइड्रोजन इन्टिेन्सिटी म्यापिङ एक्सपेरिमेन्ट (सिएचआईएमई) अब्जरभेटरीमा सय मिटर लामो आधा सिलिन्डर आकारका चार एन्टिना लगाइएका छन् । यो एन्टिनाले उत्तरी आकाशलाई हरेक दिन स्क्यान गर्छन् । यहाँको टेलिस्कोपले गत वर्षदेखि काम गर्न सुरु गरेको हो । यो टेलिस्कोपले नै १३ पटक रेडियो बर्स्ट तरंग कैद गरेको हो ।
यो अनुसन्धान नेचर जर्नलमा प्रकाशित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण