फेसबुकका सिइओको सुरक्षामा वार्षिक ८३ करोड खर्च, एप्पलका सिइओमाथि २९ करोड
टेक कम्पनी आफ्नो पेटेन्ट र इन्टेलेक्चुअल प्रोपर्टीलाई सुरक्षित राख्नका लागि लाखौं करोडौं खर्च गर्छन् तर योभन्दा पनि बढी खर्च कम्पनी आफ्नो उच्च पदस्थ व्यक्तिको नीजि सुरक्षामा गर्छन् । वायर्डले अमेरिकी सेक्युरिटी एण्ड एक्सचेन्ज कमिशनबाट आँकडा जुटाएर एउटा रिपोर्ट छापेको छ जस अनुसार सन् २०१८ मा आफ्ना मुख्य कार्यकारी अधिकारीको सुरक्षामा खर्च गर्ने मामलामा फेसबुक सबैभन्दा अगाडि रह्यो । सन् २०१७ मा फेसबुकले मुख्य कार्यकारी अधिकारी एवं अध्यक्ष मार्क जुकरबर्गको सुरक्षामा ७.३ मिलियन डलर अर्थात् ८३ करोड रुपैयाँ खर्च गरियो जबकी कम्पनीकी चिफ अपरेटिङ अफिसर शेरिल स्यान्डबर्गको सुरक्षामा २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ खर्च गरियो ।
पाँच वर्षअघि जुकरबर्गमाथि हुन्थ्यो २९ करोड खर्चः
वायर्डको रिपोर्ट अनुसार पाँच वर्षअघि अर्थात् सन् २०१३ मा मार्क जुकरबर्गको सुरक्षामा २.६ मिलियन डलर अर्थात् २९ करोड रुपैयाँ खर्च हुन्थ्यो । अहिले यो खर्च तीन गुणा बढेको छ ।
टिम कुकुको सुरक्षामा तीन करोड रुपैयाँ खर्चः
वायर्डको रिपोर्टका अनुसार एप्पलका मुख्य कार्यकारी अधिकारी टिम कुकको सुरक्षामा उनको कम्पनीले सन् २०१७ मा ३.१० लाख डलर (तीन करोड रुपैयाँ) को खर्च गरेको जबकी गुगलका मुख्य कार्यकारी अधिकारी सुन्दर पिचाईमाथि अल्फाबेटले ६.३७ डलर (सात करोड रुपैयाँ) खर्च गर्यो । अमेजनका संस्थापक एवं मुख्य कार्यकारी अधिकारी जेफ बेजोसको सुरक्षामा १.६ मिलियन डलर (१८ करोड रुपैयाँ) खर्च गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण