‘भुल भलैया’ पछि अक्षय कुमार यो हरर फिल्म गर्दै
सन् २०१८ मा फिल्म ‘स्त्री’ को सफलताले हरर कमेडी फिल्मलाई दर्शकहरुले निकै रुचाउने प्रष्ट पारेको छ । अब त हरेक फिल्म निर्माताले हरर कमेडी फिल्म बनाउने इच्छा व्यक्त गरिरहेका छन् । यस्तोमा अक्षय कुमारले ‘मौकामा चौका’ हानेका छन् । उनले पनि एक हरर कमेडी फिल्म साइन गरेका छन् । मिडिया रिपोर्टका अनुसार यो फिल्म तमिलमा बनेको धमाकेदार फिल्म ‘कंचना’ को रिमेक हुनसक्छ ।
फिल्मको कहानीः
मुम्बई मिररको रिपोर्ट अनुसार यो फिल्म रिमेक नभई यसको कहानी दुई फिल्म ‘मुनि’ र ‘कंचना’ जस्तै हुनेछ । यी दुई फिल्मबाट अक्षय कुमारको नयाँ फिल्म प्रभावित हुनेछ, त्यसको हुबहु नक्कल भने होइन । फिल्मको समूहले पछिल्लो ६ महिनादेखि स्क्रिप्टमा काम गरिरहेको जानकारी प्राप्त भएको छ । यो फिल्मका निर्देशक राघव लोरेन्स हुनेछन् जो फिल्म ‘कंचना’ का पनि निर्देशक हुन् ।
अक्षयको यो फिल्म एक रिभेन्ज ड्रामा हुने बताइएको छ । जसमा अक्षय एउटा यस्ता व्यक्तिको भूमिकामा देखिनेछन् जसलाई भूतसँग डर लाग्छ । त्यसकारण उनी घाम डुबेपछि घरबाहिर खुट्टा टेक्दैनन् । तर कहानीमा ट्वीस्ट त्यतिबेला आउँछ जब उनको सामना एक तेस्रोलिङ्गी भूतसँग हुन्छ ।
अक्षयको यो पहिलो हरर कमेडी होइनः
अक्षयले यसअघि पनि हरर कमेडी फिल्ममा अभिनय गरिसकेका छन् । फिल्म भूल भुलैया (२००७) मा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए ।
सुटिङ कहिलेदेखिः
यसको सुटिङ यसै वर्षको अप्रिलदेखि हुने बताइएको छ । यो फिल्मको सुटिङ दुईदेखि सवा दुई महिनामा पूरा हुनेछ र यो सन् २०२० मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा लाइसेन्स र मर्जर नीतिमा अर्बौँको चलखेल भएको सांसद लिमा अधिकारीको आरोप
-
सरकारी स्वामित्वका बीमा कम्पनीहरूको लेखापरीक्षणमा ढिलाइप्रति सांसद कँडेलको आपत्ति
-
बाबुराम भट्टराईको प्रश्न : लोकतन्त्रको हत्या त गरिँदै छैन ?
-
‘सी चिनफिङ: द गभर्नान्स अफ चाइना’ को पाँचौँ खण्डको प्रवर्द्धन कार्यक्रम सम्पन्न
-
राष्ट्रपति पौडेलसँग उपराष्ट्रपति यादवको भेट
-
बीमा दाबी फर्छ्यौट ६ महिनाभित्रै सक्ने प्राधिकरण अध्यक्ष पौडेलको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण