बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कालो हिमालको अधिक दोहन

शनिबार, १२ माघ २०७५, ०४ : ३४



मानवको प्रत्यक्ष  तथा अप्रत्यक्ष क्रियाकलापबाट उत्सर्जित हरितगृह ग्यासले गर्दा विश्वब्यापी जलवायु परिवर्तन भईरहको छ । यसैको असरको रुपमा रङ्खतारमा  हिम गलन भईरहेको छ । विश्वब्यापी जलवायु परिवर्तनको कारकको रुपमा  रहेको हरितगृह ग्यास उत्सर्जनमा नेपालको अति न्युन भुमिका भए  पनि पर्वतिय भ¬ु–परिधी कमजोर भएकोले जलवायु परिवर्तन प्रति अति नै संवेदनशिल हुन्छ र जलवायु परिवर्तनको असर छिटो पर्न गई पर्वतिय पर्यावरणको विनाश तथा क्षयीकरण हुन जान्छ ।
हिमालको शिरबाट बग्ने स्वच्छ पानीले विश्वको करिब ४० प्रतिशत कृषि उत्पादन, २० प्रतिशत विद्युत उत्पादन र १२ प्रतिशत माछा उत्पादनमा टेवा पु¥याएको छ । विश्वको करिब १२ प्रतिशत जनसंख्या पर्वतिय श्रृङ्खलामा बसोबास गर्छन् ।
नेपाल जैविक विविधता, सा“स्कृतिक विविधता , हावापानी, भु–धरातलिय हिसाबले एक अनुपम तथा सुन्दर हिमाली राष्ट्र हो । नेपालमा विश्वको सर्वोच्चो शिखर सगरमाथा सहित आठवटा अग्ला हिम शिखरहरु छन् । नेपालमा समुन्द्र सतहबाट ३००० मिटर उचाई भन्दा माथिका सयांै हिम श्रृङ्खलाहरु छन् । हाम्रा हिमालहरु जैविक तथा सा“स्कृतिक विविधताले धनी छन् ।
विश्वब्यापी जलवायु पविर्तनले द्रुत गतिमा हिम गलन तथा न्युन हिमपातले हिमालहरु काला हुदै गईरहेका छन् । जलवायु परिवर्तनको असर स“गै हिमालको अधिक दोहनले हिमाल , हिमाली जैविक विविधता र हिमाली जनताको अस्तिŒव र  जिविकोपार्जनमा ठुलो चुनौति थपिएको छ । जलवायु परिवर्तनको कारणले हिउदमा हुने लामो खडेरी तथा हिम गलनले हिउदमा सेताम्मे हुने हिमालहरु हेर्दै उराठ लाग्ने काला पहाडमा रुपान्तरण भएका छन् । हिमालमा हिउ“ नहुनाले हिमालमा जडीबुटी, खनिजको दोहन बढ्नुका साथै वातावरण प्रदुषण र संकटापन्न वन्यजन्तुको चोरीसिकारी बढेको छ । यो लेख जाजरकोट,दैलेख,कालिकोट र जुम्लाको सिमानामा रहेको कुशेमुसे हिमालमा भएको दोहनलाई आधार मानी समग्र नेपाल हिमालयमा भएको प्राकृतिक स्रोतको दोहनको विषयमा केन्द्रित हुनेछ ।
कुशेमुसे हिमालको अधिकतम उचाई ४५०० मिटर हो । कुशेमुसुे हिमालको उŒार–पश्चिममा जुम्ला जिल्लाको तातोपानी गाउ“पालिका ,दक्षिणमा जाजरकोट जिल्लाको जुनीचा“दे गाउ“पालिका , पुर्वमा  जाजरकोटकै बारेकोट गाउ“पालिका र कुशे गाउ“पालिका  पर्दछन् । कुशेमुसे हिमाल यार्सागुम्बा , सतुवा, जटामसी, गुच्ची च्याउ, विष, कुट्की, फरण, मौरामुलो ,पदमचाल, लौठ सल्ला, भोजपत्र, देवदार, ओखर, धुपी,लालिगुरास, चिमालो, निगालो,रातो पन्यु च्याउ,झ्याउ, सिलाजित, खिरौलो, पाखणवेद , भाङ्, पाचऔले,भ्याकुर,  भुत्ले, निरमसी, सुनमासी लगायतको दजनौ बहुमूल्य गैरकाष्ठ बन पैदावार, खनिज( काइनाईट, टर्मालिन), स्वच्छ पानीको स्रोत र हिन्दु धर्मको आस्थाको केन्द्र हो । कुशेमुसे हिमाल विश्व तथा नेपालमा संकटापन्न वन्यजन्तु रेडपँन्डा, कस्तुरी मृग, हिउ“ चितुवा , नेपालमा संकटापन्न र विश्वमा संवेदनशिल हिमाली कालो भालु ,नेपालमा संरक्षित डाफे, मुनाल र अन्य वन्यजन्तु झारल ,थार,घोरल, रतुवा,लङ्गुर बा“दर, बा“दर, लगायतका वन्यजन्तु बासस्थान हो  ।
                                              
   
त्स्विर– बा“या, संकलकहरु खिरौलो संकलन गर्न कोदालोले खन्दै दा“या, थुपारेर राखेको खिरौलोको गानो
त्स्विर– जय बहादुर शाही
 कुशेमुसे हिमालको दोहनको अवस्था र कारण
विगत केही वर्ष देखि कुशेमुसे हिमाल तथा यसको आसपासको क्षेत्रमा यार्सागुम्बा, सतुवा, जटामसी, गुच्ची च्याउ, बन लसुन , कुट्की, पदमचाल, मौरामूलो , खिरौलो ,विष,रातो पन्यु च्याउ,झ्याउ, सिलाजित, पाखणवेद , भाङ्, पाचऔले, भुत्ले, निरमसी, सुनमासी  लगायतको बहुमूल्य तथा लापोन्मुख जडिबुटीको अवैधानिक तथा अवैज्ञानिक तवरले संकलन र चोरी निकासीले लोप हुने अवस्थामा पुगेका छन् । अर्काे तिर बहुमूल्य खनिजको अधिक दोहन र हिन्दु धर्मको आस्थाको केन्द्रलाई प्रदुषित गरिदै छ । संकलकहरुलाई जडिबुटी संकलन सम्बन्धी उचित ज्ञान तथा प्रविधीको अभाव, थारै ज्ञान भए पनि उपयोग नगर्दा जडिबुटीको पुनरुत्थान , पुनरुउत्पादन , माथिल्लो क्षेत्रमा भु–क्षय, पानीको स्रोतमा प्रदुषण, तल्लो क्षेत्रमा बाढी तथा सिमसारहरु बलुवाले भरिने खतरा बढेको छ । मिचाहा प्रजातीहरु ( टिकुली फुल , लालकेतु, रोदडो ) लगायतको प्रकोपले रैथाने जडिबुटीको बासस्थान खतरामा परेको छ । लापरवाही र जानीजानी पाटन र जङ्गलमा डढेलो लगाउदा जडिबुटी र बन्यजन्तुको बासस्थान सखाप भईरहेको छ ।
 वसन्त तथा वर्षायाममा बस्तुभाउको अधिक चरिचरण र गोठ निर्माणले चरण तथा बन क्षेत्रको विनाश गर्नाले  बहुमुल्य जडिबुटीहरुको वृद्धी विकास र विश्व तथा नेपालमा संकटापन्न वन्यजन्तु रेडपान्डा, कस्तुरी मृग , नेपालमा संकटापन्न र विश्वमा संवेदनशिल हिमाली कालो भालु ,नेपालमा संरक्षित डाफे, मुनाल र अन्य वन्यजन्तु झारल ,थार,घोरल, रतुवा,लङ्गुर बा“दर, बा“दर, लगायतका वन्यजन्तुको बासस्थान विनाश र क्षयीकरण भएको छ । केहीले गोठालोको नाममा लोपोन्मुख तथा संरक्षित बन्यजन्तुको चोरी सिकारी तथा चोरी निकासी गरिहेका छन् । सिकारीले पासा थापेर , पानी तथा खानामा विष हालेर , बन्दुकको प्रयोग गरेर अवैध चोरी सिकार र अखेटोपहारको अवैध ब्यापार तथा चोरी निकासी गरिरहेका छन् ।  विश्व तथा नेपालमा संकटापन्न वन्यजन्तु हिउ“ चितुवा र नेपालमा अतिसंकटापन्न ब्वा“सो लगायतको मांसाहारीहरुको आहारा प्रजातीको बासस्थानको विनाश र चोरी सिकारीले मानव वन्यजन्तुको द्धन्द बढेको छ । विशेष गरी मानव हिउ“ चितुवा र मानव ब्वा“सोको द्धन्दले हिउ“ चितुवा र ब्वा“सोको संरक्षणमा चुनौती थपेको छ ।

सधै जसो दशै तिहार मनाए पछि रोजगारीको लागि छिमेकी राष्ट्र भारत जाने मानिस आज भोली कुशेमुसे हिमालतिर जडिबुटी संकलन गर्न उक्लन थालेका छन् । हिमालमा हिउ“ नभए पछि त्यती जाडो छैन र जडिबुटी संकलन गर्न सजिलो भएको छ । जडिबुटी संकलकहरु २–३ महिना पाटनमा पाल टा“गेर बस्ने भएकाले खाना पकाउन , शरिरलाई न्यानो राख्न , पाल टा“ग्न र खिरौलो पकाउन देवदार , भोजपत्र, धुपी , गोब्रे सल्ला, हिमाली गुरा“स (चिमालो)को बन विनाश भएको छ ।
अहिले कुशमुसेमा खिरालौ ( लिलिअम नेपालेन्स ) को  अधिक, अवैज्ञानिक , अवैधानिक र परिपक्क नभई संकलन  तथा गैरकानुनी रुपमा निकासी हुदा खिरौलो लोप हुने खतराको साथै त्यहा“को पर्यावरणमा नकारात्मक असर परेको छ ।   कुशेमुसे हिमालको पुर्वतिर रहेको बारेकोट गाउ“ पालिकाको ,बारेलेक,मुसे,कोटे,च्याखुरे,देउराली पाटन,दियाबाल्न,कालीमुरी,ठाकुरजी र कराइचुला, पुर्वतिरकै कुशे गाउ“पालिको रातापाटन, सरुकाद“, ब्युलिढुङ्गा,चाल्ने चौर,कुशे पाटन, भिमपोस्तक दक्षिणतिरको जुनि चा“दे गाउ“ पालिकाको टुसा,धनराशी,बाघफाल, धुपी चौर,एकडोरे,ज्वालछरी र छेप्का खोला उŒार–पश्चिमतिरको तातोपानी गाउ“पालिको गाग्रे एरी ओडार, करसिला ,चाल्न , इमिल्चा,धर्मशाला,माटीभिट्टा,धुवाने लगायतको स्थानमा खिरालो संकलन भईरहेको छ ।  खिरौलोलाई नेपाली जनजिब्रोमा सेतो चिनी, हाड्या भनिए पनि यसको वैज्ञानिक नाम लिलिअम नेपालेन्स हो । यो लिलियसी परिवारको बहुवर्षे पोथ्रा वर्गको विरुवा हो । यसको उचाइ करिब १ मिटर हुन्छ । समुन्द्र सतहबाट खिरौलो करिब १९५०–३५०० मिटरको उचाईमा उच्च पहाडी तथा हिमाली जिल्लामा पाईन्छ । मकवानपुरमा खिरालौ नेवार, तामाङ र बन करिया जातिले सागपातको रुपमा प्रयोग गर्छन् ( जोशि र सिवाकोटी, सन् २०१२) । खिरौलोको गानाको  धुलो, पेष्ट र जुस बनाएर सेवन गर्दा झाडापखाला, महिलामा हुने महिनावारीको समस्या, खोकी, ज्वरो र कमजोरीपनाको निदान  हुन्छ ( रोकाय, सन् २०१०) ।  
कुशेमुसे हिमालमा खिरौलो संकलन गर्न जुम्ला, कालिकोट, दैलेख,जाजरकोट जिल्लाका विभिन्न भु–भागबाट कुशेमुसे हिमालको पाटन तथा आसपासका सामुदायिक र राष्ट्रिय बनमा १–२ महिना सम्म पाल टा“गेर  बास बस्दछन । खिरौलोको गानो संकलन गर्न ठुलो ठुलो कोेदालोले खाडल खन्दा खिरौलो स“गैको वनस्पतीको वृद्धी तथा विकासमा गम्भिर असर पर्दछ । खिरौलोको संकलन गर्दा पुनरुत्पादनको लागि गानो ( राईजोम ) को केही भाग छोडेर जमिनमै पुर्नु पर्ने हुन्छ । तर त्यसको ठिक विपरित संकलकहरुले पुनरुत्पादनको  लागि न गानो छाडेका छन् नत खाल्डो पुरेका छन् । गोठालोहरुले खिरौलोको बिउ परिपक्क नहुदै असार देखि खिरौलो संकलन गर्न थालेका हुन् । खिरौलो संकलन र निकासीको लागि न इजाजत लिएका छन् नत संकलनको लागि वातावरण प्रभाव मुल्याङ्कन गरिएको छ । अनौठो त यो छ कि सरोकारवाला निकाय मुखदर्शक बनेको छ ।
जनसंख्या वृद्धीस“गै मानिसका दैनिक आधारभुत आवश्यकता र आधुनिक सुविधाको लागि प्राकृतिक स्रोत साधनको अधिक दोहन हुन थाल्यो । मानिसका सवै प्रकारका आवश्यकता प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रकृतिबाट पुरा हुन्छन । जडिबुटी, खनिज र वन्यजन्तुको अखेटोपहारको माग राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा धेरै छ । त्यही बजारको माग पुरा गर्न स्थानिय ब्यापारी, नेता, कमचारी,स्थानिय जनप्रतिनिधी र स्थानिय बाठाटा“ठाको मिलेमतोमा बहुमुल्य जडिबुटी, खनिज र संकटापन्न वन्यजन्तुको अखेटोपहारको चोरी निकासी हुन्छ । यस्ता बस्तुको मूल्य राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा धेरै छ ।
माछा मार्नको लागि नदी, पोखरी, तालमा विषको प्रयोग र करेन्ट लगाउदा ठुलो मात्रामा माछा मर्नुको साथै माछाको प्रजनन क्षमता घट्छ । विष प्रयोग गरी मारेको माछाको सेवनले मानव स्वास्थ्यमा गम्भिर असर पार्दछ । माछा मार्नको लागि विषको प्रयोगले गर्दा पानीको स्रोत प्रदुषित भई जल पर्यावरणको विनाश , पानी अन्य जिवजन्तु र मानवको हितमा प्रयोग गर्न नहुने हुन्छ ।
दु्रत गतिमा हाइब्रिड जतिको विस्तार, किट्नाशक औषधी र रसायनिक मलको उचित तरिकाले प्रयोग नगर्दा कृषि पर्यावरण्को ह्रास भईरहेको छ । कागुनो, नले धान, सानो मकै, ठुलो मकै, माटे लगायतको कृषि बालीको गाउ“–घरमा खेती गर्न छाडिएको छ ।
कानुनको प्रभावकारी कार्यन्वयन नहुनु, सरकारी निकायहरु बिचमा समन्वयको कमी, स्थानिय , जिल्ला र केन्द्रिय तहमा जैविक विविधता संरक्षणको लागि एकिकृत योजनाको अभाव कुशेमुसे हिमालको मात्र नभई समग्र नेपाल हिमालयको जैविक विविधताको मूख्य अप्रत्यक्ष खतरा हुन् ।
कुशेमुसे हिमालको आसपासमा जनताको जिविकोपार्जन दयनिय छ । यही दयनिय स्थितीको फाइदा उठाउदै तस्करले कुनै न कुनै रुपमा गरिब  जनतालाई अवैधानिक जडिबुटी संकलन र खनिजको उत्खननमा प्रयोग गर्छन । जनताको आयआर्जनको लागि जडीबुटी संकलन , खनिजको उत्खनन एउटा राम्रो अवसर भई दिन्छ । जडिबुटी संकलन र खनिज उत्खननबाट भएको आयआर्जन परिवारको दैनिक आवश्यकता पुरा गर्न, परिवारको औषधोपचार र बालबालिकाको पढाईमा खर्च गर्दछन् ।
जडिबुटीको दिगोपनालाई कायम राख्दै सदुपयोग गर्दै जानु आजको आवश्यता हो तर वातावरणीय विनाश र जडिबुटीको पुनरुत्पादनलाई असर पर्ने गरी संकलन गर्दा जडिबुटी लोप हुनुका साथै स्थानिय जनताको आयआर्जनको स्रोत गुम्ने मात्र होइन भु–क्षय, बाढी, पहिरो र महामारीजन्य रोगले ठुलो धनजनको क्षती हुन्छ ।
 वातावरणीय प्रभाव मूल्याङ्कन नगरी  खानी उत्खनन गर्दा स्थानिय पर्यावरणको ह्रास र सा“स्कृतिक विकृती फैलिएको छ । गैरकाष्ठ बन पैदावार ( काठ बाहेका अन्य जैविक उत्पती) मा आधारित उद्यमशिलता, ब्यापार र स्थानिय स्तरमा गैरकाष्ठ बन पैदावारको मूल्य अभिवृद्धीको पाटोलाई उजागर ,विस्तार ,विकास गर्नुृृृको साटो गैरकाष्ठ बन पैदावारलाई क्षणिक लाभको रुपमा लिदा  गैरकाष्ठ बन पैदावारको अधिक दोहन हुन गई तिनीहरु लोप हुने खतरा छ । गैरकाष्ठ बन पैदावारको संकलन, ब्यापार, उद्यमशिलता  र निकासीमा भएको अप्ठेरो र झन्झटिलो सरकारी प्रक्रियायाले गैरकाष्ठ बन पैदावारको अधिक दोहनलाई थप उर्जा थपेको छ । जडिबुटी संकलक, ब्यापारी र उद्यमीलाई बजारको राम्रो ज्ञान नहुदा गरेको परिश्रम र लगानी खेर जाने जोखिम हुन्छ । यस्ता जोखिमले पनि अप्रत्क्ष रुपमा गैरकाष्ठ बन पैदावारको दोहनलाई सघाउ पु¥याउदछ ।
 प्राकृतिक स्रोत ब्यबस्थापनमा स्थानिय जनसमुदायको अर्थपुर्ण सहभागिता, तिनीहरुको क्षमताको पहिचान तथा अभिवृद्धी र शसक्तिकरण नितीगत रुपमा ब्यबस्था भए पनि कार्यन्वयन एकदम दयनिय छ । गैरकाष्ठ बन पैदावारको अवैज्ञानिक राजश्वले गैरकाष्ठ बन पैदावारमा आधारित ब्यापार र उद्यमशिलतालाई निरुत्साहित गरेको छ ।
 हिमालको दोहनको औषधी ,समुदायमा आधारित प्राकृतिक स्रोत ब्यबस्थापन र उद्यमशिलता
स्थानिय जनताको क्षमताको राम्रोस“ग पहिचान तथा अभिवृद्धी, स्रोत ब्यबस्थापनमा अर्थपुर्ण सहभागिता , सोतबाट प्राप्त लाभको समतामूलक वितरण र जनताको जिविकोपार्जनलाई केन्द्रमा राखी प्राकृतिक स्रोतको ब्यबस्थापन गर्नु आजको अपरिहार्य आवश्यकता हो । धेरैलाई भ्रम छ कि गरिब मानिसले जनचेतनाको कमीको कारणले प्राकृतिक स्रोतको दोहन गर्छन् । के उनहिरुलाई थाहा छैन की यी महŒवपूर्ण प्राकृतिक स्रोत भावी पुस्तालाई चाहिन्न ?अवश्य पनि थाहा छ । गरिब जनताले दैनिक आवश्यकता परिपूर्ती गर्न कसैको घर फोर्दै हिड्नु पनि भएन । अब जाने कहा“ त्यही प्रकृती । यी गरिब जनसमुदायको दैनिक आवश्यकता परिपूर्ती गर्दै जनसमुदायको नेतृŒवमा  प्राकृतिक स्रोतको दिगो ब्यबस्थापन गर्नु हाम्रो प्रमुख दायिŒव हो । समुदायमा आधारित प्राकृतिक स्रोत ब्यबस्थापनमा समुदायको गरिबीलाई न्यूनिकरण गर्न समुदायको वरिपरी उपलब्ध साधन स्रोतको समुचित प्रयोग गर्दै उद्यमशिलताको विकास र विस्तारमा जोड दिनु आवश्यक छ । वैदेशिक रोजगारीले नेपाली समाजको उद्यमशिलता हराउदै छ । प्राकृतिक स्रोतको संरक्षण , विकास र उद्यमशिलताको विकास गर्दै देशलाई औद्योगिकरणको दिशामा लिनु पर्छ ।
मानिसहरु समुदायमा आधारित संस्थाले प्राकृतिक स्रोत ब्यबस्थापन गर्न सक्छ भन्नेमा शंका गर्छन । किन नसक्नु सामुदायिक बनको सफलता समुदायमा आधारित संस्थाको सफलताको रुपमा लिन सकिन्छ । समुदायमा आधारित संस्थाहरु कमजोर र असफल भएका पनि छन् । यसरी सामुदायिक संस्था कमजोर र असफल हुनुमा संस्थामा हुने भ्रष्टाचार र संस्थाको  आधुनिक प्राविधिक क्षमताको कमी हो । सामुदायिक संस्थामा हुने भ्रष्टाचारको प्रमुख स्रोत संस्थामा हुने राजनैतिक हस्तक्षेप हो । सहकारी , आमा समुह, सामुदायिक बन उपभोŒाmा समुह , विद्यालय ब्यबस्थापन समिती , खानेपानी उपभोŒाmा समुह लगायतका समुदायमा आधारित संस्था गठन गर्दा राजनैतिक दलका कार्यकर्ता भर्ती गरिन्छ । संस्थाको मुख्य जिम्मेवारीमा पुग्ने तिनै राजनैतिक दलका कार्यकर्ता हुन् , तिनको काम भनेको भविष्यमा गर्ने माथिल्लो तहको राजनितीको लागि पैसा कमाउने हो । राजनैतिक दलको मिली भगतमा सामुदायिक संस्थ्ँँलाई भ्रष्टाचारको अखडा बनाईन्छ । आङ्खनो पार्टीको कार्यकर्ताले गरेको भ्रष्टाचारलाई शुभ चिन्तकहरुले चोख्याइ दिन्छन् । राजनैतिक दलले विचारको निर्माण , त्यसको बहस र कार्यन्वयनलाई छोडेर सामुदायिक संस्था , विश्वविद्यालय लगायतका अन्य प्राज्ञिक संस्थाहरुमा भ्रष्टहरु निर्माण गर्दै छन् ।
 सामुदायिक संस्थाको आधुनिक प्राविधिक क्षमता अभिवृद्धी गर्ने कुरा छ , यसमा सामुदायिक संस्थ्ँँको प्राविधिक क्षमता दुई तरिकाले अभिवृद्धी गर्न सकिन्छ । पहिलो , सामुदायिक संस्था गठन गर्दा सकेसम्म गाउ“ घरमा उपलब्ध प्राविधिक जनशŒिाmलाई संस्थाको निर्णायक स्थानमा पु¥याउने । दोस्रो , सरकारका सम्बन्धित निकायहरु वन तथा भु–संरक्षण विभाग , वनष्पती विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग , राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग , विश्वविद्यालय र अन्य अनुसन्धानमा क्रियाशिल निकायहरुले प्राकृतिक स्रोत ब्यबस्थापन गर्न समुदायमा रहेको परम्परागत ज्ञान, सिप, प्रविधीस“ग आधुनिक विज्ञानले अन्वेषण गरेको आधुनिक प्रविधीको ङ्खयूजन गरी सामुदायिक संस्थाको क्षमता अभिवृद्धी गर्न सकिन्छ । प्राकृतिक स्रोत ब्यबस्थापनको नेतृŒव सरकारले होइन स्थानिय जनसमुदायले गर्ने हो । सरकारले प्राविधिक , कानुनी र खा“चो परेको बेला आर्थिक सहयोग गर्ने हो । समुदायमा आधारित प्राकृतिक स्रोत ब्यबस्थापनले प्राकृतिक स्रोतको संरक्षणमा रहेका यावत समस्याहरुको एकमुष्ट हल गर्छ । जसरी किसानले आङ्खनो खेतको हेरचाह गर्छ त्यसरी स्थानिय समुदायले प्राकृतिक स्रोतको हेरचाह गर्न सक्छ । वनलाई जनसमुदायको दोस्रो खेतकै रुपमा हेर्नु पर्छ । प्राकृतिक स्रोतको मालिक जनता नै हुनु पर्छ ।
नेपालमा प्राकृतिक स्रोतको विषयमा दुई थरी विचार छन् । एक थरी प्राकृतिक स्रोतको संरक्षणलाई मात्र जोड दिन्छन् भने अर्को थरीले अधिक दोहनलाई मात्र जोड दिन्छन् ।  यी दुइटै विचार प्राकृतिक स्रोतको दिगो ब्यबस्थापनका दुश्मन हुन् । प्राकृतिक स्रोतको  दिगो ब्यबस्थापन र आर्थिक विकासको लागि प्राकृतिक स्रोतको  संरक्षण, विकास र सदुपयोगको पाटोलाई जोड दिनु पर्छ । ‘सामुदायिक बन गरिबको धन’ भन्ने गरिन्छ  तर भने जसरी सामुदायिक बनले गरिबी न्युनिकरणमा ठुलो योगदान पु¥याएको छेैन । यसको पछाडीको कारक तŒव भनेको हामीले उद्यमशिलताको विकास गरेका छैनौ । यसरी हामीले नत प्राकृतिक स्रोतको  संरक्षण गर्न सक्छौ नत सुःखी नेपाली , समृद्ध नेपालको सपना पुरा गर्न सक्छौ ।
समग्रमा नेपाल हिमालयको प्राकृतिक स्रोतको दोहनको अवस्था एउटै हो । कतै गिट्टी–बालुवाको दोहन भएको छ त कतै खनिज त कतै जडिबुटी र बन्यजन्तुको अवैध चोरी निकासी । औद्योगिक राष्ट्रहरुले उत्सर्जन गरेको हरितगृह ग्यासले गर्दा भएको विश्वब्यापी जलवायु परिवर्तन  र हामी आफैले प्राकृतिक स्रोतको संरक्षण, विकास र सदुपयोग नगर्दा नेपाल हिमालयमा प्रकृतिक स्रोतको विनाश र क्षयीकरण भईरहेको छ ।
समुदायमा आधारित प्राकृतिक स्रोतको ब्यबस्थापनमा जोड , कच्चा रुपमा हुने प्राकृतिक स्रोतको विदेशी निकासीलाई निरुत्साहित गरी नेपालमा उद्यमशिलता र औद्योगिकरणको विकास गरी अन्तिम रुपमा वस्तुको निर्यात र ब्यापारमा गर्दा सुःखी नेपाली  र समृद्ध नेपालको लक्ष्य हासिल हुनेछ । यसको लागि समुदाय , सरकारी र निजी क्षेत्रको सक्रिय सहभागिताको खा“चो छ ।

 

 

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीप अर्याल, प्रेम ब. शाही
प्रदीप अर्याल, प्रेम ब. शाही
लेखकबाट थप