जापान र कतार कोपा अमेरिकाका अथिति
एजेन्सी । कोपा अमेरिका कप दक्षिण अमेरिकी महादेश स्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता हो । साउथ अमेरिकन फुटबल कन्फेडेरेसन (कोन्मेबोल) ले यसअघि दक्षिण अमेरिकी क्षेत्रमा आबद्ध १० देशलाई मात्र समेटेर प्रतियोगिता आयोजना गर्दथ्यो ।
कहिले काँही आयोजकले कोन्मेबोल बाहेकका देशलाई आगन्तुक अथिति टोलीको रुपमा पनि सहभागि गराउँदै आएको छ । यसपटक आयोजकले दक्षिण अमेरिकी क्षेत्रबाहिरका अन्य ६ देशलाई अतिथि टोलीको रुपमा सहभागी गराउने निर्णय गरेको थियो । जसमा एसियन र उत्तर अमेरिकाबाट तीनतीन टोली राख्ने बताईएको थियो ।
तर, आयोजकले पछि अघिल्लो निर्णयलाई खारेज गर्यो र सहभागी टोली १२ बनाउने र अथिति टोलीको रुपमा एसियाबाट कतार र जापानलाई खेलाउने निर्णय गर्यो । कतार सन् २०२२ को फिफा विश्वकप आयोजकको हैसियतमा कोपा अमेरिकाको आथिति टोली बन्यो । जापान एसियाको भाग्यमानी अथितिको सूचीमा दरियो ।
यद्यपी जापानले यसअघि सन् १९९९ को कोपा अमेरिका कपमा पनि अथिति टोलीको रुपमा भाग लिइसकेको छ । एसियाबाट कोपा अमेरिकामा कतारको पहिलो सहभागिता रहनेछ भने जापान दोस्रो पटक प्रतिस्पर्धा गर्दैछ । यसपटक आयोजकले उत्तर अमेरिकालाई मौका दिएको छैन ।
यसअघि उत्तर अमेरिकी क्षेत्रबाट मेक्सिकोले सँधै मौका पाउने गरेको थियो । मेक्सिकोले १० पटक र अमेरिकाले चारपटक प्रतियोगिता खेलेका थिए । एसियाबाट जापान र कतारको प्रवेशसँगै शुक्रबार ब्राजिलमा सहभागी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा समूह ‘ए’ बाट ब्राजिल, पेरु, भेनेज्वेला र बोलिभियाले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’ बाट अर्जेन्टिना, कोलम्बिया, पराग्वे र कतारबीच भिडन्त हुनेछ । समूह ‘सी’ मा उरुग्वे, चिली, जापान, र इक्वेडर छन् । ४६औं संस्करणको कोपा अमेरिका आगामी जुन १४ देखि ब्राजिलमा हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण