न्याय हराएको देश (कविता)
-अच्युतशाली घिमिरे
म साधरण छु
म त गणतान्त्रिक नेपालको
सच्चा नागरिक
कोट र पोसाकको गह्रुँगो शिष्टचारले
मेरो हृदय थिच्छ,
बलात्कृत निर्मलाका आँसुले
मेरो परेला भिज्छ,
बोक्रे मिजास र फोस्रे हासोहरु
घिनलाग्छन् मलाई,
देशको प्रजातन्त्र र लोकतन्त्रले
सबेरै ठुङ्दछन् मलाई,
तर नाङ्गो महलमा
रङ्गीन चस्मा लाएर
उपदेश बेच्दै बसेको छ
मूर्ति जस्तै मेरो
जिउँदो सरकार
अनि त्यही सरकारको साँछी
बसेको छ राष्ट्रपतिज्यूको माहात्म्य ।
लाग्छ म नाटक हेरिरहेको छु,
कता–कता आफ्नै कथा
अस्पष्ट र अग्राह्य
घटिरहेझै लाग्छन्,
क्षितिजभित्र हराइरहेझैँ
देख्छु आफ्नो सपना,
विश्वलाई मातृभूमि प्रेम सिकाउने
मेरो स्वाभिमान
आज न्यायका निम्ति अँजुलीमा
भिक मागिरहेछ ।
नलेखूँ त के लेखूँ ??
आफ्नै हँस्सी उडाउने
यी वाक्क दिक्कहरु ।
यहाँका
चर्चाहरु गाढा र रसिला हुन्छन्,
यहाँका
प्रश्नहरु एकोहोरा हुन्छन्,
सुन्नेहरु भुलिदिन्छन्
नसुन्नेहरु सुने जस्तै गरिदिन्छन्,
जब प्रश्नमाथि प्रत्युत्तर गर्दैनाँै हामी
र कल्पनाका नाममा फर्फराइरहन्छौं,
‘न्याय’ एउटा
विशाल वृत्तमा विलाएको विन्दु जस्तो लाग्छ ।
जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण