देश, सहिद र माटो
-अच्युतशाली घिमिरे
अमरत्वको
सहज विश्वासमा
सत्य देख्ने
जादू देख्ने
माटोलाई मुटुसँग जोड्ने
मेरो देशका सहिदहरु
समाजको अन्धतामा
झुटो दुनियासँग
अनेकौँ व्यवस्थाहरुसँग
पौँठाजोरी खेल्न
नहिच्किचाउने
देशलाई आफूसहित
सर्वस्व सुम्पने
मेरो देशका सहिदहरु !
मातृभूमिको हरेक
इसारामा उफ्रिने
पुर्खाको साहसमा भिज्ने
नेपाल आमाको दूधको भारा तिर्न
सम्पन्नताको आवेश छोड्ने
फोस्रो इज्जतको
तिलाञ्जलि दिँदै
स्वदेशलाई स्वर्गसँग दाज्ने
मेरो देशका सहिदहरु ।
तर आजकल
परिवेशहरु फरक भए
जमाना बदलियो
अनेकौ रङसँग
हिजो सहिदको त्यागमा
गफ हाक्नेहरु
आज ‘भलादमी’ बनेर
उडाइरहेछन् माटोको सुगन्ध खुशबुहरुसँग,
हिजो सहिदको रगतमा
भन्किने माखाहरु
आज भकिँदै छन् शासकहरुसँग
अनि सहिद
मात्र मौनधारणहरुमा
मात्र फोटाहरुमा
मात्र सालिकहरुमा
मात्र बिदाहरुमा
मात्र कविताहरुमा ।
जुनियर इन्टर्न, चिकित्सा शास्त्र अध्ययन संस्थान
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण