मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

भारतमा हलिउड फिल्मको कमाई : बलिउड फिल्मभन्दा तीव्र रुपमा बृद्धि

सोमबार, २१ माघ २०७५, १८ : ३७
सोमबार, २१ माघ २०७५

एजेन्सी– भारतमा हलिउड फिल्महरुको कमाई तीब्र रुपमा बढिरहेको छ । पछिल्लो ६ वर्षको कमाई हेर्ने हो भने भारतमा हलिउड फिल्महरुको कमाईको वृद्धि दर बलिउड फिल्महरुको भन्दा निक्कै बढी देखिन्छ ।  सन् २०१३ देखि सन् २०१८ बीचको अवधिमा यी फिल्महरुको भारतमा कमाई दरमा ५ गुणाको वृद्धि भएको छ । 

यो समयमा बलिउड फिल्मको कमाई २८ प्रतिशतले बढ्यो जबकि हलिउड फिल्महरुले भारतीय बक्स अफिसमा संकलन १५७ प्रतिशतसम्म बढेको छ ।  यही ट्रेण्ड रहेमा यो वर्ष हलिउड फिल्मले भारतबाट १००० करोड भारुभन्दा बढी संकलन गर्नेछ । 

फिल्म ट्रेण्डको विश्लेषण गर्ने कोमल नाहटाका अनुसार भारतीय दर्शकहरुमाझ हलिउड फिल्मको स्वीकार्यता बढेको छ । पहिले यी फिल्महरु केही ठूला सहरहरुमा मात्र सिमित थियो तर हाल आएर धेरै सहरहरुमा प्रदर्शन हुन थालेको छ । 

रोचक र मन लोभ्याउने कथावस्तुका कारण हलिउड फिल्महरु भारतीय लोकप्रिय बन्दै गएको छ । समयसँगै उनीहरुले पाउने पर्दाको हिस्सा पनि बढिरहेको छ । यसको अतिरिक्त इन्टरनेटमा समेत युवाहरुले यी फिल्महरु हेरिरहेका छन् ।

 फिल्म ट्रेण्ड विश्लेषक अतुल मोहनका अनुसार ‘मिशन इम्पोशिबल’ र ‘स्पाइडर्सम्यान’जस्ता हलिउड फिल्मका श्रृङ्खलाहरु भारतमा निक्कै मनपराइएको छ ।   विज्ञान कथा, द्वन्दप्रधान र रोमाञ्चक हलिउड फिल्महरु पनि भारतमा धेरैले हेर्छन् । यी फिल्मका सिक्वेल र एक्सटेन्सनले दर्शकहरुमा जिज्ञासा कायम राखिरहन्छ ।  

भारतमा बक्स अफिस कलेक्सन:


हलिउड फिल्मको बढ्दो ‘शो’
भारतमा हलिउड फिल्महरुको कमाई बढ्ने कारण पर्दाको बढ्दो संख्या पनि हो । अतुल मोहनका अनुुसार हलिउड फिल्मले भारत पाउने पर्दाको संख्या ३०० बाट बढेर ७०० र हाल २००० भइसकेको छ ।
हलिउड फिल्मको मास अपिलको कारण मल्टिप्लेक्सले पनि तिनलाई भारतीय फिल्मभन्दा बढी पर्दा दिन थालेका छन् । सहरी क्षेत्रहरुमा पनि यीनलाई बढी शो दिइदैं छ । 

हलिउड भर्सेस बलिउड

भारतका सबै भाषामा गरेर वर्षमा कुल १००० भन्दा बढी फिल्महरु बन्छन् । जबकि हलिउडमा यसको आधा मात्रै बन्छ । ती मध्ये पनि आधा अर्थात २०० भारतसमेत विश्वभरी प्रदर्शनमा आउँछ । 

यसको बाबजूद लागत, दर्शक संख्या र कमाईको मामलामा हलिउड अगाडि छ । भारतमा एक फिल्मले औसत १० देखि १५ करोड भारु कमाउँछ । भारतको कुल जनसंख्याको ४ प्रतिशत मानिसहरु मात्रै फिल्म हेर्न हल जान्छन् । जबकि हलिउड फिल्मको दर्शक संसारभर छन् । 

यो वर्ष पछि छाउनेछ हलिउड

यो वर्ष हलिउड सुपरहिरो र फोर–डी फिल्महरुको साथ सबैभन्दा बढी सिक्वेल आउँदैछ । विषयवस्तु, प्रयोग, भीएफएक्स र नयाँ प्रविधिहरुको संयोजनमा बनेका अधिकाँश फिल्महरु रोमञ्चक छन् । 

यो वर्ष ‘मार्भेल कमिक्स’ को लगभग सबै सुपर हिरोहरु पर्दामा आउँदैंछन् । करिब २५ अर्ब भारुमा बन्दै गरेको एभेन्जर्सको चौथो फिल्मले कयैन रेकर्ड तोड्ने अनुमान गरिदैंछ । यो फिल्म यो वर्ष प्रदर्शन आउने सबैभन्दा महगों फिल्म हुनेछ ।

हलिउडको सबैभन्दा ठूलो बजेटको फिल्म सन् २०११ मा आएको ‘पाइरेट अफ क्यारेबियनः अन स्ट्रेन्जर टाइड्स’लाई मानिन्छ । उक्त फिल्मको बजेट ३० अर्ब भारु बताइएको थियो । 

यसको अतिरिक्त यो वर्ष फ्रोजन–२, द लिगो मुभी–२, जुमान्जी–३, टोय स्टोरी–४, टर्मिनेटर–६ र स्टार वार्स–९ जस्ता स्थापित फ्रान्चाईजका फिल्महरु प्रदर्शनमा आउनेछन् । मेन इन ब्लाक इन्टरनेशनल, गोड्जीला–किंग अफ मास्टर्स यहि वर्ष पनि तयार छ । 

बालबालिकाहरुलाई केन्द्रीत फिल्महरु द सिक्रेट लाइफ अफ पेट्स, डोरा द एक्सप्लोरर, पोकेमन डिटेक्टिभ पिकाजू र अलादीन पनि प्रदर्शन आउदैंछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप