जब विवाहको दिन अपरिचितले गरे कपिललाई चुम्बन, यसरी पाठ पढाए
भारतका हास्यकलाकार कपिल शर्माको कार्यक्रममा हरेक हप्ता झैं यसहप्ता पनि सेलिब्रिटीको उपस्थिती रह्यो । सुपर डान्सर च्याप्टर थ्रीका जज शिल्पा शेट्टी कुन्द्रा, गीता कपुर र अनुराग बसु यो कार्यक्रममा देखिए । उक्त कार्यक्रममा कपिल शर्माले आफ्नो विवाहको एउटा अचम्मको घटना सार्वजनिक गरे । स्मरण रहोस् कपिल शर्माले डिसेम्बर १२ मा गिन्नीसँग विवाह गरेका थिए ।
कपिलले आफ्नो विवाहको दिन सम्झँदै भने, ‘मेरो विवाहको दिन एक व्यक्ति थिए, जो हरेक कार्यक्रममा सहभागी थिए र जब मलाई विवाहको शुभकामना दिन आए तब मेरो गालामा चुम्बन गरे । तर मलाई ती व्यक्ति को हुन् भन्ने थाहै थिएन । मलाई उसको व्यवहार मन परेन र मैले उनलाई पाठ पढाउने निर्णय गरेँ । जब उनी मेरो नजिकै आए तब मैले उनलाई कुहिनोले हानिदिएँ । त्यसपछि उनले आफ्नो व्यवहार दोहोराएनन् ।’
यसका साथै शिल्पा शेट्टीले पनि अनुराग बसुबारे कुरा गरिन् । शिल्पाले भनिन्, ‘अनुराग हेर्दा गम्भीर देखिन्छन् तर उनी निकै मजाक गर्छन् । उनले हालै मेरो चियामा नुन हालिदिएका थिए । एक पटक त अनुरागले शिल्पाको फोनबाट उनकी बहिनी शमिता शेट्टीलाई मेसेज गरेका थिए । अनुरागले म गर्भवती भएको लेखेका थिए । यो सुनेर बहिनी निकै उत्साहित भएकी थिइन् तर पछि उनलाई अनुरागले लेखेको भन्ने थाहा भयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण