युरो कप छनोट : फ्रान्स र इङ्ल्याण्डको फराकिलो जित
एजेन्सी - विश्व विजेता फ्रान्स र इङ्ल्याण्डले युरो कप छनोट खेलमा फराकिलो जित हात पारेका छन् । सोमबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले आइसल्याण्डलाई ४–० गोलले हरायो ।
फ्रान्सको जितमा स्यामुल उमटीटीले १२ औँ मिनेटमा सुरुवाती गोल गरे । उनले केलियन एमबाप्पेको पासका गोल गरेका थिए । ओलिभर गिरोडले ६८ औँ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरे । एन्टोइन ग्रिजम्यानले ८४ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई फराकिलाे जित दिलाए ।
जितसँगै फ्रान्सले समूहमा ६ अंक बनाएको छ । पहिलो हार खेपेको आइसल्याण्डको तीन अंक छ । सोही समूहको अन्य खेलमा टर्कीले मोल्डोभालाई ४–० गोल र अल्बानियाले एन्ड्रोलालाई ३–० गोलले पराजित गरेको छ । जितसँगै टर्कीले ६ अंक र अल्बानियाले तीन अंक बनाएको छ । मोल्डोभा र एन्ड्रोलाले खाता खोल्न सकेका छैनन् ।
यसैगरी समूह ‘ए’को खेलमा इङ्ल्याण्डले मोन्टेनेग्रोलाई ५–१ गोलले हरायो । मोन्टेनेग्रोले खेलमा सुरुवाती अग्रता लिएको थियो । मोन्टेनेग्रोका लागि मार्को भेसोभिकले १७ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि इङ्ल्याण्डका मिचेल केनले ३० औँ मिनेटमा बराबरी गोल फर्काए ।
रोस बार्केलीले ३९ औँ र ५९ औँ मिनेटमा ब्यक्तिगत दुई गोल गरे । ह्यारी केनले ७१ औँ र रहिम स्ट्रलिङले ८१ औँ मिनेटमा एक एक गोल थपेका थिए । लगातार दोस्रो जितसँगै इङ्ल्याण्डले ६ अंक बनाएको छ । सोही समूहको अर्को खेलमा बुल्गेरिका र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण