बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेन्जेमाकाे निर्णायक गोल रियल म्याड्रिड जाेगियाे

सोमबार, १८ चैत २०७५, ०८ : ११
सोमबार, १८ चैत २०७५

एजेन्सी - करिम बेन्जेमाले खेलको अन्तमा निर्णायक गोल गरेसँगै स्पेनिस ला लिगामा रियल म्याड्रिडले कमजोर टोली हुयस्कालाई ३–२ गोलले पराजित गरेकाे छ । रियलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा सुरुवाती अग्रता हुयस्काले लिएको थियो ।

खेलको तेस्रो मिनेटमै जुआन क्यामिलो हर्नाल्डेजले गोल गर्दै हुयस्काको उत्साह बढाए । २५ औं मिनेटमा रियलका इस्कोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६२ औं मिनेटमा ड्यानी सेबालोसले गोल गर्दै रियललाई अगाडी बढाए । ७४ औं मिनेटमा जावियर एटिक्सटले गोल गर्दै खेललाई २–२ गोलको बराबरमिा ल्याएका थिए ।

त्यसपछि खेल सकिन एक मिनेट बाँकी छँदा करिम बेन्जेमा ले उत्कृष्ट गोलगर्दै रियलको जित पक्का बनाएका थिए । यससँगै प्रशिक्षण जिनेदिन जिदान रियल फर्केपछि टोलीले दुवै खेलमा जित निकाल्न सफल भएको छ । तेस्रो स्थानमा रहेको रियल शीर्ष स्थानको बार्सिलोना भन्दा १२ अंकले पछाडी छ । रियलले २९ खेलबाट ५७ अंक बनाएको छ । बार्सिलोनाको ६९ अंक र दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५९ अंक छ । २२ अंक बनाएको हुयस्का तालिकाको पुछारमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप