बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हावाहुरी पीडितलाई ‘लभ स्टेशन’को सहयोग

मङ्गलबार, १९ चैत २०७५, १२ : ०८
मङ्गलबार, १९ चैत २०७५

काठमाडौं – आइतबार रातीको हुरी बतासका कारण पीडित बनेका लागि फिल्म ‘लभ स्टेशन’ले ५० हजार सहयोग गरेको छ । काठमाडौँमा एक पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ टिमले उक्त सहयोग गरेको हो ।

प्रस्तुतकर्ता गोविन्द शाहीको तर्फबाट बारा जिल्लाका जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद व्यवस्थापन कोष बारामार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिएका जानकारी कार्यक्रममा दिइयो ।

कार्यक्रममा बारा र पर्सा जिल्लामा भएको घटना एवम् क्षती प्रति अभिनेता प्रदीप खड्का र चलचित्र टिमले दुःख व्यक्त गरेका थिए । ‘हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफ्नो साथ रहने अभिनेता प्रदीपले बताए । उनले भने ‘यो अप्ठेरो घडीमा सहयोगको लागि सबैलाई अपिल गर्दछु ।’

हावा हुरीबाट दिवँगत भएकाहरु प्रति श्रद्धासुमन र घाईतेप्रति स्वास्थ्यलाभको कामना गर्दै अभिनेता प्रदीप र निर्माता गोविन्द शाहीले उनीहरुलाई सहयोगका लागि आफुहरुले निरन्तर पहल गर्ने समेत बताए ।

उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको ‘लभ स्टेशन’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । फिल्ममा अभिनेता प्रदीपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबीक्रम शाहीले निर्माण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप