सिरहाको गोलबजारमा प्रहरी बसमा राजपाका कार्यकर्ताद्वारा तोडफोड
लहान – घोषित स्थानीय तह निर्वाचनको विरोधमा आन्दोलनरत राजपा नेपालका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा नेपाल प्रहरी सवार एक बसमा तोडफोड गरेका छन् ।
काठमाडौँबाट सुनसरीका लागि हिँडेका ना ५ ख १४४० नम्बरको बसमा राजपाका कार्यकर्ताले तोडफोड गरेका हुन् । बसमा ‘नेपाल प्रहरी’को ब्यानरसमेत झुन्ड्याइएको थियो ।
बजार बन्द गराउँदै गरेको अवस्थामा उक्त बस त्यहाँ आइपुगेपछि राजपाका कार्यकर्ताले ढुङ्गामुडा गरी बसको अगाडिको सिसा फुटाएका छन् । बस तोडफोडको आरोपमा प्रहरीले राजपा नेपालका ललन झालाई पक्राउ गरेकोे प्रहरीले जनाएको छ ।

त्यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपलिका– १२ मा ट््याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा आज विहान एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
सडकमा बिग्रिएर रोकिराखेको स १ त १९५९ नम्बरको ट््याक्टरमा गए राति ११ बजे बा ३६ प ४८९५ नं को मोटरसाइकल पछाडिबाट ठोक्किँदा गम्भीर घाइते भएका सोहि ठाउँका मोटरसाइकल चालक २२ वर्षीय सञ्जित साहको उपचारको क्रममा लहानस्थित फ्रेन्डस मोडल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार भएका २० वर्षीय देवकुमार ठाकुर र १९ वर्षीय बालकृष्ण चौधरी गम्भीर घाइते भएको र ती दुबै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पठाइएको प्रहरीले जानएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण