काेहलीकाे टिम बैंगलोरलाई हराउँदै कोलकत्ता विजयी
एजेन्सी - कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको रोमान्चक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराउँदै जित निकालेकाे हाे ।
बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा बैंगलोरले दिएको दुई सय ६ रनको लक्ष्य कोलकत्ताले १९.१ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो । कोलकत्ताको जितमा आन्द्रे रसेलले आक्रमक ब्याटिङ गरे । रसेलले १३ बलमा अविजित ४८ रन बनाएका थिए । क्रिस ल्यानले ४३, नितिस रानाले ३७ र रोबिन उथप्पाले ३३ रन बनाए । कप्तान दिनेश कार्तिक १९ र सुनिल नारिनेले १० रन बनाए । बलिङमा बैंगलोरका नाब्दिप साइनी र पवन नेगीले समान दुई-दुई विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले २० ओभरमा तीन विकेट गुमाएर दुई सय ५ रन बनायो ।
बैंगलोरका लागि कप्तान विराट कोहली र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ खेले । कोहलीले ८४ र डी भिलियर्सले ६३ रन बनाए । मार्कुस स्टोईनिसले अविजित २८ र अक्षर पटेलले २५ रन बनाए । बलिङमा कोलकत्ताका सुनिल नारिने, कुलदीप यादव र नितिस रानाले एक एक विकेटले लिए । जितसँगै कोलकत्ताले चारखेलबाट ६ अंक बनाएको छ । कोलकत्ता दोस्रो स्थानमा छ । लगातार पाँचौ हार खेपेको बैंगलोर तालिकाको पुछारमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण