टी–२० क्रिकेटमा सन्दीप लामिछानेकाे ५० विकेट पूरा
काठमाडौं - नेपालका लेग स्पिनर सन्दीप लामिछानेले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । पछिल्लो एक वर्ष अन्तर्राष्ट्रिय फेन्चाइज लिग खेलिरहेका उनी अहिले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । १९ वर्षीय लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बलरसमेत हुन् ।
सन्दीपको विश्व टी–२० क्रिकेटमा यात्रा गत वर्षको आइपीएलबाटै भएको हो । उनले गत वर्ष दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स)बाटै आइपीएल खेलेका थिए । गत वर्ष आइपीएलको अन्तिम तीन खेलमा पाँच विकेट लिएपछि सन्दीपको चर्चा विश्वभर चुलिएको थियो । त्यसपछि उनले क्वारेवियन प्रिमियर लिगको पाँच खेलमा सात विकेट लिए । अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीपले दुई विकेट लिएका थिए ।
यसैगरी उनले अष्ट्रेलियाको बिग बासमा ११ विकेट लिए । सन्दीपले बंगलादेश प्रिमियर लिगमा चार, त्यसपछि यूएसँग तीन खेलको टी–२० सिरिजमा पाँच र पाकिस्तान सुपर लिगमा ११ विकेट लिए । उनले जारी आइपीएलको सुरुवाती चार खेलमा पाँच विकेट लिई सकेका छन् । १९ वर्षीय सन्दीपले आइपीएलअन्तर्गत आइतबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध एक विकेट लिए । यही विकेटसँगै सन्दीपले टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण