किन पोल्छ सिस्नुले ?
गाई, भैंसी, साँढेको सीङ हुन्छ । सीङले गाई, भैंसीलाई शत्रुबाट बच्न मद्दत गर्दछ । सीङ यी जनावरको आफूलाई रक्षा गर्ने अंग हो । अरु पनि धेरै जनावरहरुमा यस्तो रक्षा गर्ने अंगहरु हुन्छ ।
त्यस्तै कुनैकुनै बनस्पतिहरुमा पनि शत्रुबाट बच्न प्रकृतिले नै यसलाई रक्षा गर्ने अंग दिएको हुन्छ । सिस्नुमा काँढाहरु हुन्छन् । काँढा भएकोले नै सिस्नुलाई मानिस र अरु जनावरले सजिलै मास्न सक्दैनन्, काँढाले घोचेर पोल्न डर हुन्छ । सिस्नुलाई शत्रुबाट बच्न काँढाले सहयोग गर्छ । यसैले काँढाहरु सिस्नोको रक्षा गर्ने अंग हुन् ।
सिस्नुको काँढाको टुप्पा तीखो हुन्छ र फेदमा फुकेको थैली जस्तै हुन्छ । यही थैलीमा विष हुन्छ । सिस्नोमा भएको विष वास्तवमा एक किसिमको एसिड हो । त्यो एसिडलाई फोर्मिक एसिड (formic acid) भनिन्छ । हलुका किसिमले मात्रै छोयो भने पनि काँढाको टुप्पा हाम्रो छालामा छिर्छ । त्यसपछि काँढा भाँचिन्छ र हाम्रा छालामा टाँसिएर आउँछ । काँढामा भएको विष हाम्रो छालामा पस्छ । अनि हामीलाई पोलेको अनुभव हुन्छ ।
–‘बालविज्ञान प्रश्नोत्तर’बाट (परिमार्जनसहित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण