कोलकत्तालाई हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लियो
एजेन्सी - चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई सात विकेटले हराउँदै चेन्नई शीर्ष स्थानमा उक्लिएको हो ।
एम चिदामबराम क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको एक सय ९ रनको सामान्य लक्ष्य चेन्नईले १७.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईको जितमा फाप डु प्लेसिसले अविजित ४३ रन बनाए । अम्बाती रायाडुले २१, सेन वाट्सनले १७, सुरेश रैनाले १४ र केदार जादबले अविजित आठ रन बनाए । बलिङमा कोलकत्ताका सुनिल नारिनेले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय ८ रन बनाएको थियो । चेन्नईका बलर चम्किएको खेलमा कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ५० रन बनाए । कप्तान दिनेस कार्तिकले १९ र रोबिन उथप्पाले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।
बलिङमा चेन्नईका दीपक चाहरले तीन विकेट लिए । यस्तै हरबजन सिंह र इमरान ताहिरले समान दुई-दुई विकेट लिए । कोलकत्तालाई हराएसँगै शीर्ष स्थानमा उक्लिएको चेन्नईले १० अंक बनाएको छ । आठ अंक बनाएको कोलकत्ता दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण