नेपाल टेलिकम : २०५६ सालदेखि हालसम्म, मोबाइल युगमा चमत्कार !
काठमाडौं–करिव २० वर्ष अघि नेपालमा सेलुलर मोबाइल फोन बोक्ने मानिस एकजना पनि थिएनन्, तर आज बाटोमा निस्केर सोध्ने हो भने मोबाइल नबोक्ने मानिस एक जना भेट्न पनि मुस्किल छ ।
नेपाल टेलिकमले २०५६ साल बैशाखमा मुलुकमा नै पहिलोपटक जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । त्यसवेला मोबाइल सेवाको मूल्य तुलनात्मक रुपमा महंगो पर्ने भएकाले सुरुका केही वर्षसम्म यस सेवाका ग्राहकहरु पनि थोरै थिए ।
सेवाको विस्तार पनि सीमित थियो । २०६० सालसम्म पनि नेपाल टेलिकमका कुल ग्राहक आधार ४ लाख २२ हजार मात्र थिए ।
हाल दूरसञ्चार प्रविधिको विकाससँगै त्यसको मुल्यमा पनि कमी आएकाले प्राविधिक र आर्थिक रुपमा पनि यो सेवा आम उपभोक्ताको सहज पहुँचमा पुगेको छ । नेपाल टेलिकमले मुलुकका आर्थिक गतिविधि बढी हुने सहरी क्षेत्रदेखि अति दुर्गम पहाडी तथा हिमाली क्षेत्रसम्म सेवाको ब्यापक विस्तार गर्नुका साथै सेवाको मुल्य पनि सहुलियतपूर्ण गर्दै ल्याएपछि मोबाइल फोन सेवालगायत दूरसञ्चार सेवाको उपभोग गर्ने ग्राहकहरुको संख्या पनि ब्यापकरुपमा बृद्धि भएको जनाएको छ ।
टेलिकमका अनुसार २०७५ पुस महिनाको अन्त्यसम्ममा नेपाल टेलिकमको टेलिफोन सेवाका ग्राहक आधार करिव २ करोड १३ लाख पुगेको छ ।
यस मध्ये जीएसएम मोबाइल सेवाका ग्राहक मात्र १ करोड ८८ लाख रहेका छन् । यसबाहेक सीडीएमए सेवाका ग्राहक १७ लाख ५२ हजार र पीएसटीएन टेलिफोन सेवाका ग्राहक ६ लाख ७६ हजार रहेका छन् ।
२०५६ सालमा नेपालमा मोबाइल सेवा आरम्भ हुँदा यो सेवा विलासिताको वस्तुको रुपमा आएको थियो, जव कि त्यसवेला युरोप अमेरिकालगायतका विकसित मुलुकमा मोबाइल फोन आधारभूत आवश्यकताको बस्तुका रुपमा प्रयोग हुन थालिसकेको थियो । शुरुमा मोबाइल फोन लिनका लागि ५१ हजार रुपियाँ (मोबाईल सेटको रु.२० हजारसहित) भुक्तानी गर्नुपर्ने व्यवस्था थियो ।
प्रविधिको विकाससँगै मोबाइल सेवाको मुल्यमा व्यापक कटौती भएको छ । हाल १ हजार ५ सय १० रुपियाँ (११३० स्वामित्व शुल्क र ३८० क्रेडिट लिमिट) मा पोष्टपेड मोबाइल लिन सकिने र ५० रुपियाँ बराबरको टक भ्यालु भएको प्रिपेड सिम ९० रुपियाँमा नै लिन सकिने भएको टेलिकमले जनाएको छ।
सुुरुमा पोष्टपेड सेवा मात्र सञ्चालन गरेको टेलिकमले २०६० भाद्र देखि प्रिपेड मोबाइल सेवा सञ्चालनमा ल्याएको थियो । प्रिपेड सेवा वितरण गर्न थालेपछि मोबाइल सेवाको महसुल पनि सस्तो हुँदै आयो र सेवा पनि व्यापकरुपमा विस्तार भयो । नेपाल टेलिकमले २०६५ वैशाख महिना देखि नै जिएसएम मोबाइल सेवाको पहुँच मुलुकका ७५ वटै जिल्लामा पु¥याएको थियो ।
प्रविधिमा भइरहेको विकाससँगै नेपाल टेलिकमले २०६४ ज्येष्ठ देखि परीक्षणका रूपमा तेस्रो पुस्ताको थ्रीजी मोबाइल सेवा वितरण आरम्भ गरेको थियो । थ्रीजी मोवाइल सेवा दक्षिण एशियामा नै पहिलो पटक नेपाल टेलिकमले सञ्चालनमा ल्याएको हो ।
२०७३ असोजमा यो सेवाको पहुँच पनि ७५ वटै जिल्लामा पु¥याइएको थियो । यसका साथै मुलुकमा पहिलोपटक ४जीसेवा भित्र्याउने श्रेय पनि नेपाल टेलिकमलाई नै प्राप्त भएको छ । २०७३ पौष १७ गते देखि नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल ४जी एलटीइ सेवा पनि सञ्चालन आरम्भ गरिसकेको छ । अब एक वर्षभित्रमा मुलुकभर ४जी एलटीइ मोबाइल सेवा विस्तार गर्ने लक्ष्यका साथ विभिन्न सम्झौताहरु भइसकेका छन् ।
नेपाल टेलिकमले उपभोक्ताहरुका लागि सकेसम्म सहुलियतपूर्ण र पारदर्शी दररेटमा आप्mना सेवाहरु उपलब्ध गराइरहेको छ । साथै भ्वाइस सेवा उपयोग गर्ने ग्राहकहरुका लागि विभिन्न दरका प्याकेजहरु पनि उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
टेलिकमले ग्राहकहका लागि सस्तो दरको भ्वाइस सेवाका लागि अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, डे प्याक आदिको व्यवस्था गरिएको छ । साथै एक अर्कामा असीमित रुपमा निःशुल्क कल गर्नुका साथै थप डाटा, एसएमएस सुविधा समेत प्रयोग गर्न सीयूजी प्याकेजको समेत व्यवस्था गरिएको छ । त्यसैगरी प्रत्येक रात मासिक २० रुपैयाँमा असीमित कल गर्नका लागि सीडीएमए स्काई रिम प्रयोग गर्न सकिन्छ । हाल कम्पनीका एफटीटीएच सेवाका ग्राहकहरुलाई समेत निःशुल्क भ्वाइस सेवा कम्पनीले प्रदान गरेको छ ।
अल टाइम भ्वाइस प्याक
टेलिकमका अनुसार यस भ्वाइस प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एक दिन देखि ६० दिन समयावधिसम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिन्छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँसम्ममा खरिद गर्न सकिन्छ ।
यस्तै जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ रातसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ रातसम्म २४० मिनेट र १ सय रुपैयाँमा २८ रातसम्म ११ सय मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्क भित्र प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज पनि उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध रहेको र यो प्याकेज अन्तर्गत रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न सक्ने व्यवस्था रहेको टेलिकमको भनाइ छ ।
यस अन्तर्गत जीएसएम÷सीडीएमएका प्रिपेड ग्राहकले कम्पनीको नेटवर्कमा २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने सुविधा छ ।
यसैगरी जीएसएम÷सीडीएमए पोष्टपेड÷प्रिपेड ग्राहकका लागि ४ सय, ७ सय, १ हजार, १३ सय र १६ सय रुपैयाँ दरका विभिन्न ग्रुप बनाइएको छ । यो ग्रुपमा रहेका सदस्यहरुले एक अर्कामा असीमित कल गर्न बाहेक अन्य नम्बरमा विभिन्न दरको भ्वाइस कल गर्न, डाटा चलाउन र एसएमएस गर्न सकिने टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमको डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिन्छ भने एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीको नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्छन् ।
टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । त्यसैगरी कर्पोरेट तर्फ १० एमबीपीएस र २० एमबीपीएस गतिको प्याकेज उपलब्ध छ । यस श्रेणीमा १० हजार ३ सय देखि ६९ हजार रुपैयाँ सम्मको प्याकेज उपलब्ध छन् ।
यस्तै सीडीएमए प्रिपेड स्काई मोबाइलबाट राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीको नेटवर्कभित्र कल गर्दा ३० दिनसम्मका लागि करवाहेक २० रुपैयाँ तिरेमात्रै पुग्ने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गर्नु पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित पानी छोड्न थालेपछि किसान खुसी
-
गर्मीमा विद्युत् अभाव : मधेसमा बढ्दै छ आक्रोश
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण