बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजस्थानलाई हराउँदा चेन्नईकाे साताैँ जित

शुक्रबार, २९ चैत २०७५, ०८ : ०३
शुक्रबार, २९ चैत २०७५

एजेन्सी - शीर्ष टोली चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा चेन्नईले घरेलु टोली राजस्थान रोयल्सलाई चार विकेटले हराउँदै जित निकालेको हो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको एक सय ५२ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो । चेन्नईको जितमा कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय इनिङ खेले । धोनीले ५८ र रायडुले ५७ रन बनाए ।

मिचेल स्टानरले अविजित १० र रवीन्द्र जडेजाले अविजित नौ रन बनाए । बलिङमा राजस्थानका बेन स्टोक्सले दुई विकेट लिए । धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले एक एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरान सात विकेटको क्षतिमा एक सय ५१ रन बनाएको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन बनाए । जोस बट्लरले २३, श्रेयस गोपालले अविजित १९, रियन परागले १६, स्टिभ स्मिथले १५, कप्तान अजिंका रहानेले १४ र जोफ्रा आर्चरले अविजित १३ रन बनाए ।

बलिङमा चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान दुई दुई विकेट लिए । जितसँगै चेन्नईले सात खेलबाट १२ अंक जोडेको छ । राजस्थानको जम्मा दुई अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप