बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रिय खेलकुद प्रतियोगिता : विभागीय टोलीको दबदबा

शुक्रबार, २९ चैत २०७५, ०९ : २९
शुक्रबार, २९ चैत २०७५

काठमाडौं - प्रदेश, ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले उद्घाटन गरेको प्रतियोगितामा विभिन्न खेलमा प्रतिस्पर्धा हुने भएको हो । प्रतियोगिताको बिहीबार भएको खेलमा विभिन्न खेलमा प्रतियोगीहरुको सहभागी रहेको थियो ।  

प्रतियोगिताको बिहीबार भएको खेलतर्फ टेबलटेनिसमा नेपाल पुलिस क्लब दुई स्वर्ण जितेको छ । पुलिसले महिला टिम इभेन्ट र डबल्समा स्वर्ण जितेको हो । 

टिम इभेन्टमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित ग-यो । पुलिसकी एलिना महर्जनले एपीएफकी सेलिशा खड्गीलाई ३–१ ले परारिजत गरिन् । दुई खेलमा जित हात पारेकी ७ पटककी राष्ट्रिय च्याम्पियन नविताले एफीएफका अनिता महर्जनलाई ३–० तथा सेलिशा खड्गीलाई ३–१ ले हराइन् । एक सिंगल्समा भने एपीएफकी सिक्का सुवालले प्रहरीकी मन्जु सुवालमाथि ३–१ को जित दर्ता गरिन् । आर्मी र प्रदेश ३ संयुक्त रुपमा तेश्रो भए ।

दाङको घोराही कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला डबल्सको फाइनलमा पुलिसका भाउजु नविता र नन्द एलिनाको जोडीले आर्मीका स्वेच्छा नेम्वाङ र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–८ को सोझो सेटमा पाखा लगाए । प्रदेश ५ का गीता अर्याल र अमृता थापा तथा एफीएफका सेलिशा खड्गी र सिक्का सुवालको जोडी तेस्रो भए ।

लनटेनिसमा आर्मी र एपीएफलाई स्वर्ण

यस्तै, बुटवलमा जारी लन टेनिस खेलमा शुक्रबार दुई स्वर्णको टुंगो लागेको छ । देविनगरस्थित लन टेनिस कोर्टमा बिहीबार भएको टिम इभेन्टतर्फ सेना र शसस्त्र प्रहरी बलको एपीएफ क्लबले १–१ स्वर्ण हात पारेका छन् । टिम इभेन्टतर्फ महिलामा नेपाली सेना र पुरुषमा एपीएफले स्वर्ण जितेको हो ।

पुरुष टिम इभेन्टमा शसस्त्र प्रहरी एपीएफले सेनलाई ३–० ले सेटमा पराजित गर्दै स्वर्ण जितेको हो । सेना दोस्रो हुँदै रजत पदकमा चित्त बुझाएको छ । यस्तै प्रदेश, ४ र एनआरएनको टिम तृतीय हुँदै कास्य पदक पाएका छन् । 

यसैगरी महिला टिम इभेन्टतर्फ सेनाले शसस्त्र प्रहरी बलको एपीएफलाई २–१ को सेटमा पराजित गर्दै स्वर्ण जितेको छ भने, एपीएफ क्लब रजत पदकमा चित्त बुझाएको छ । प्रतियोगितामा प्रदेश, ३ र प्रदेश, ४ तृतीय हुँदै कास्य पदक पाएका छन् । 

यसैगरि बिहीबार खुल्ला इभेन्टतर्फ खेलहरु सम्पन्न भएका छन् । खुल्लाको मेन्स सिगलमा भिष्म काउचाले सन्जय श्रेष्ठलाई ७–५, ६–३, ७–६ पराजित गरी क्वाटरफाईनलमा प्रवेश गरेको छ । यस्तै, संरक्षक भुषण बज्राचार्यले दावा सोनाम शेर्पालाई ६–३, ६–१ ले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् । नबिन मगरले इवेक जोशीलाई ६–१, ६–१ सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् । अर्को खेलमा बज्राचार्यले निशान्त श्रेष्ठलाई ६–०, ६–० को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

बिहीबार नै भएको महिला सिगल खेलमा पे्ररणा कोइरालाले एनी माथेमालाई ६–२, ६–२ को सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेकी छन् । यसैगरी रायना शाहले श्रीया भट्टराईलाई ६–१, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेकी छन् ।

बिहीबार नै भएको मेन्स डबल्सतर्फको खेलमा राम बहादुर बिक र शेषमणि चौधरीको जोडीले निशान्त श्रेष्ठ र कुमार जिसीको जोडीलाई ७–५, ६–३, १०–६ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन् । चन्द्र थापा र विकास खड्काको जोडीले कृष्ण गोविन्द र शिवराम मगरको जोडीलाई ६–१, ६–१ ले सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् । संरक्षक बज्राचार्य र अमृत पौडेलको जोडीले भिष्म काउचा र संजय श्रेष्ठको जोडीलाई ६–१, ६–३ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।

मिक्स डबल्सतर्फको खेलमा अनिल शाही र गंगा शर्माको जोडीले आत्माराम कार्की र ईन्द्रकला श्रेष्ठको जोडीलाई ६–०, ६–२ को सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरका छन् । प्रणव खनाल र अभिलाष विष्टको जोडीले गोविन्द नेपाली र विमला बस्यालको जोडीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छन् । आईभन लिसानोभिच र अस्लेशा लिसानोबीचको जोडीले निशान्त श्रेष्ठ र अल्सा रेग्मी ६–३, ६–२ को सेटमा पराजित गर्दै क्वार्टरफाईनल प्रवेश गरेका छन् । 

प्रदेश, ७ लाई तीन स्वर्ण

प्रदेश, ७ ले आठौँ राष्ट्रिय खेलकुदमा कुस्तीतर्फ तीन स्वर्ण हात पारेको छ । मनिषा सिंहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन् । यस समूहमा आर्मीकी लक्ष्मी तामाङले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कांस्य जितेकी थिइन् ।

५३ केजीतर्फ सिमाङ्गी दुवेले स्वर्ण, आर्मीकी कोपिला थापा मगरले रजत र प्रदेश, १ की राधा कुमारी खत्वेले कांस्य जिते । ५५ केजी तौलमा प्रदेश, ७ की संगीता धामीले स्वर्ण, प्रदेश, ५ की सपना श्रेष्ठले रजत र प्रदेश, १ की अमृता लिम्बुले कांस्य जितिन् । ५७ केजी र ५९ केजीमा आर्मीले स्वर्ण जिते । ५७ केजीमा आर्मीकी कल्पना बिकले स्वर्ण हात पारिन् । प्रदेश, ७ की अम्बिका भण्डारीले रजत र प्रदेश, ५ की श्रृजना चन्दले कांस्य जितिन् । ५९ केजीमा आर्मीकी कविता पुनले स्वर्ण, प्रदेश ७की कमल खत्रीले रजत र प्रदेश, १ की लक्ष्मी उराले कांस्य जितिन् ।
 
रोमनको पाँच गोल

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीतर्फ पुरुषमा नेपाल पुलिस विजयी भएको छ । पहिलो पटक हक्कीमा सहभागिता जनाएको पुलिसले गण्डकी प्रदेशलाई ५–० गोलले पराजित गर्दैै विजयी भएको हो । पाँचै गोल रोमन राणाले गरेका हुन् । 

अन्य खेलमा डिफेन्डिङ च्याम्पियन आर्मी र प्रदेश, ७ ले सफलता पाएका छन् । आर्मीले प्रदेश, २ लाई १–० गोलले हराउँदै दोस्रो जित हात पा¥यो । खेलमा राम शाहले निर्णायक गोल गरे । प्रदेश, ७ ले कर्णाली प्रदेशलाई ३–० गोलले निराश पा-यो । जितमा राम परियार, भीमदत्त भट्ट र कान्तुराम पनेरुले १–१ गोल योगदान गरेका थिए । 

स्क्वासमा भावना र कृष्णाको दोहोरो जित

प्रतियोगिताको स्क्वास खेलमा महिला सिंगल्सको राउन्ड रोविन लिगमा प्रदेश, ३ की भावना सुनुवार र गण्डकी प्रदेशकी कृष्णा थापाले बिहीबार दोहोरो जित हात पारेका छन् ।

भावनाले गण्डकीकी सालिनी घिमिरेलाई ११–२, ११–० र ११–१ तथा प्रदेश, ३ की स्वास्थानी श्रेष्ठलाई ११–५, ११–४ र ११–७ को सोझो सेटमा पराजित गरिन् । कृष्णाले आफ्नै प्रदेशकी सालिनीलाई ११–२, ११–० र ११–१ तथा प्रदेश, ३ की मन्जिला मगरलाई ११–३, ११–२ र ११–३ ले हराइन् । प्रदेश, ३ की विपना ब्लोनले मन्जिलालाई ११–१, ११–४ र ११–४ को सेटमा पाखा लगाएकी थिइन् ।

यस्तै, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा प्रदेश, ३ का राजेन्द्र शाक्यले सोही प्रदेशका प्रवीणवीर सिंह कंशाकार तथा प्रदेश २ का दीपक थापाले गण्डकीका अमृत थापा मगरविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

बास्केटबलमा विभागीय टोलीको जित

प्रतियोगिताअन्तर्गत १६ औँ राष्ट्रिय पुरुष बास्केटबलमा तीनै विभागीय टिम (पुलिस, एपीएफ, आमी)ले बिहीबार विजयी सुरुवात गरेका छन् । पुलिसले कर्णाली प्रदेशलाई ९३–२९, एपीएफले प्रदेश, ५ लाई ७४–४० र आर्मीले गण्डकी प्रदेशलाई ७८–३६ ले पराजित गर्दै जित  दर्ता गरेको हो । 

प्रतियोगितामा पुरुषतर्फ १० टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइएको छ । १५ औँ महिला राष्ट्रिय बास्केटबल भने चैत ३० गतेदेखि सुरु हुनेछ । महिलामा आठ टोली सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप