मुक्तिनाथ विकास बैंकको तीन नयाँ आकर्षक योजना
मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ ।
बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको हो ।
भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।
त्यसैगरी मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।
साथै मुक्तिनाथ स्मार्ट बैंकिङ्ग एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १०% तथा एनसेलमा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण