आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जहाँ महिलाले पानीमा डुबुल्की लगाउँदा सन्तान प्राप्त हुने विश्वास छ (फोटोफिचर)

सोमबार, ०२ वैशाख २०७६, १८ : ३४
सोमबार, ०२ वैशाख २०७६

सिरहा– चिकित्सा विज्ञानले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्तिका लागि अनेकौं विधिहरु पहिल्याई दिइसकेको छ । चिकित्सा विज्ञानले त्यति सुविधा र्पुयाएको भए पनि मानिसहरुमा सांस्कृतिक र धार्मिक आस्था कति छ भन्ने उदाहरण हो, सिरहाको पतारीमा हरेक वर्ष वैशाख २ गते लाग्ने मेला । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ४ किनारमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको हरिसिंह देव मन्दिरमा भाकलगरी पोखरीमा नुहाएर पूजा गर्दा मनोकामना पुराहुने जनविश्वास रहँदै आएकोछ ।

पोखरीमा नुहाई डुवुल्की मारेर पोखरीभित्र सख्नेकिरा,माछा,सर्प,माटो,ढुंगा जे पाइन्छ त्यही लिएर घर जाँदा मनोआकाँक्षा पुरा हुने विश्वास गरिएको छ । विशेषगरी सन्तान नभएका दम्पति सन्तान प्राप्तिको लागि यहाँ आउने गरेको सोही वडाका वडाअध्यक्ष समेत रहेका ५६ वर्षीय हनुमान मण्डलले बताए ।उनले भने,‘यहाँ भाकल गर्नाले मानिसले चिताएको मनकामना पुरा हुने जनविश्वास छ, त्यसमा पनि निसन्तान दम्पत्ति विशेषगरी आउने गरेको देखिन्छ ।’

विवाहको सातवर्षसम्म पनि सन्तान प्राप्त नभएपछि सन्तान माग्न भारत विहार सुपौलबाट सरितादेवी पासवानले सन्तान माग्न हरिसिंहको शरणमा आएको बताइन् । उनले आफ्नो आफन्त र यहाँको महिमा वेजोर रहेको भन्दै आफू पनि यहाँ आएको सुनाइन् । 

अहिलेसम्म जसले जे भाकल गरेका थिए, उनीहरुको भाकल पुराहुँदै आएको किबंदन्ती रहेको पाइन्छ । सिरहाको सुखिपुर नगारपालिका सोहपुरकी रेखादेवी रामले आफ्नो मनोकामना पुरा भएकोले आफूले कवुल गरेको भाकल चढाउन आएको बताइन् । उनले भनिन्, ‘मैले आफ्नो सन्तानको उन्नती, प्रगति होस् भन्ने कामना गरेको थिएँ, मेरा छोराहरुको राम्रो प्रगति हुन थालेपछि भाकल चढाउन आएको हुँ ।’

यस ऐतिहासिक तथा धार्मिक शक्तिपिठमा भाकल गर्ने परम्परा पौराणिक हो, यो अथाहा आस्था बोकेको शक्तिपीठ भएको वडाअध्यक्ष हनुमान मण्डलले बताए । उनले भने, ‘सन्तान प्राप्ति हुने जनविश्वास चिकित्साशास्त्रका लागि चुनौती हो । सन्तान प्राप्ति भइरहेको छ, त्यहीअनुरुप बलि चढाइन्छ, । सन्तान प्राप्तिको लागि भारतको विहार र तराइका विभिन्न जिल्लाहरुबाट हजारौं भक्तालु तथा वर्ताहरुहरु पुगिसकेका भेला भएका थिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप