एपीएफका दिपेशले रचे नयाँ इतिहास
काठमाडौं–आर्मीका रत्नजित तामाङको एकछत्र राजलाई तोड्दै एपीएफका दिपेश धामी ब्याडमिन्टनका नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् ।
आठौं राष्ट्रिय खेलकुद अन्र्तगत दाङमा शनिबार भएको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा दिपेशले रत्नलाई २१–१६, २१–१४ को सोझो सेटमा हराए । यस जितसँगै दिपेशले नयाँ इतिहास रचेका छन् । विगतका चार राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व जमाएका रत्नजितले यसपटक दीपेशसँग लज्जास्पद हार खेपे ।
२०६९ सालमा काठमाडौंमा भएको ३६औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी विकास श्रेष्ठलाई हराउँदै नम्बर एक भएका रत्नले त्यसपछि पछाडी फर्केर हेर्नु परेका थिएन ।
बेलाबेलामा उनलाई दिपेश र प्रिन्स दाहालले चुनौती दिँदै आएका थिए । आठौं अन्र्तगतनै पुरुष टिम ईभेन्ट्सको सेमिफाइनलमा प्रिन्सले तथा फाइनलमा दिपेश रत्नलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने संकेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण