जनसम्पर्क समिति बेल्जियममा विवादः एकताको बाटो तय गर्न आग्रह
बेल्जियम– नेपाली जनसम्पर्क समिति बेल्जियममा देखिएको विवाद समाधान गर्न नेपाली जनसम्पर्क समिति, यूरोप समन्वयन समितिले आग्रह गरेको छ ।
व्यक्तिगत इगोले संस्थाकै भविष्य अन्धकारमा पर्ने अवस्था आएको भन्दै युरोप समन्वय समितिले बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिसंग आबद्ध सम्पूर्ण सदस्यहरुलाई पार्टी एकताको बाटो तय गर्न आग्रह गरेको हो ।
समितिका संयोजक दिल बहादुर गुरुङले जारी गरेको एक विज्ञप्तिमा पार्टी भित्रको विवादलाई सार्वजानिक बहसको बिषय नबनाई सामाजिक संजालमा समेत पार्टी अनुसाशन भित्र रहेर आफ्ना विचारहरु राख्न अनुरोध गरिएको छ ।
साथै नेपाली जनम्पर्क समिति नेपाली कांग्रेसको विद्यानमा प्रस्ट उल्लेख गरि गठन भएको पार्टीको शुभचिन्तक संस्था भएको हुदाँ पार्टीको अहित हुने गरि टिकाटिप्पणी नगर्न पनि उनले सबैप्रति ध्यानाकर्षण गराएका छन् ।
जनसम्पर्क समिति बेल्जियममा लामो समयदेखि समानान्तर समिति अस्तित्वमा रहेको छ भने दुई गुटलाई मिलाउन पटक पटक पहल भइरहेपनि सम्भव हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण