सजिलै कहाँ आएको थियो र लोकतन्त्र ? (तस्विरमा हेर्नुहोस्)
बैशाख ११ अर्थात लोकतन्त्र दिवस । १४ वर्ष अघि आजकै दिन राजाको प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भएर लोकतन्त्र बहाल भएको थियो ।
नेपाली जनताको लामो संघर्ष र बलिदानपछि २०६३ साल बैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले २०५८ सालमा भंग गरेको संसद पुर्नस्थापनाको घोषणा गरेका थिए । त्यसअघि लोकतन्त्रका लागि तत्कालिन राजनीतिक दलहरुले १९ दिने आन्दोलन गरेका थिए । त्यहीँ आन्दोलनको शक्तिले २०६३ वैशाख ११ मा निरंकुश राजतन्त्रले घुँडा टेकेर लोकतन्त्र स्थापना भएको हो ।
आज त्यही लोकतान्त्रिक आन्दोलनको सफलताको सम्झनामा विभिन्न कार्यक्रम गरेर १४ औं लोकतन्त्र दिवस मनाइँदैछ । मुलकुकमा लोकतन्त्र बहालीपछि संविधानसभाबाट संविधान जारी गर्ने सपना पूरा भएको छ । जनताले आफ्नै जनप्रतिनिधिमार्फत बनेको संविधान पाएका छन् ।
२०७२ असोजमा आएको संविधानले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई संस्थागत गरेको छ । त्यही संविधान अनुसार ३१ वटा मौलिक हक, राज्यका प्रमुख निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक सुनिश्चितताका साथै तीनै तहमा आवधिक निर्वाचन र तीनै तहमा सरकार समेत बनिसको अवस्था छ । लोकतन्त्रको बहालीपछि भएका राजनीतिक उपलब्धि सन्तोषजनक नै रहेपनि १४ वर्षसम्म पनि नेपाली जनताले चाहेको सुशासन र समृद्धिको भने अझै अभाव नै देखिन्छ ।
हेर्नुहोस् ध्रुवमान सिंह बस्नेतले खिचेका दोस्रो जनआन्दोलनका केही तस्विरहरु :
कलंकीमा आयोजित विरोध जुलुसका दृश्य (वैशाख १० गते)




कलंकीदेखि बल्खु हुँदै सानेपा पुगेको जुलुस र प्रहरीसँग भएको झडप





कलंकी, गोङ्गबु र चाबहिलका झडपका दृश्य






बसन्तपुरमा आयोजित नागरिक धर्ना





किर्तिपुरमा विरोध सभा तथा झडप







सात राजनीतिक दलको सभा




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी
-
खाद्य र ऊर्जा सङ्कटको जोखिम : आपूर्ति प्रणाली सुदृढ बनाउन योजना आयोगको जोड
-
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
-
राष्ट्रिय गौरवका आयोजना घटाउन आयोगको प्रस्ताव : कुन आयोजनाको प्रगति कति?
-
केन्द्रीय सर्भरमा प्राविधिक समस्या, देशभरका यातायात कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा प्रभावित
-
नयाँ सार्वजनिक खरिद ऐन बमोजिम मात्र बोलपत्र तयार गर्ने निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण