बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रियललाई गेटाफेको झट्का

शुक्रबार, १३ वैशाख २०७६, ०९ : २२
शुक्रबार, १३ वैशाख २०७६

एजेन्सी - स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडलाई गेटाफेको झट्का लागेको छ । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा रियल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको छ । मैदानमा अधिकांश समय बलमा पकट जमाएको रियलले गोल गर्न सकेन । रियललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले उत्कृष्ट प्रदर्शन गरे ।

यस बराबरीसँगै तेस्रो स्थानमा रहेको रियालले ३४ खेलबाट ६५ अंक बनाएको छ । रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १५ अंकपछि छ । बार्सिलोनाको ८० अंक छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ७१ अंक छ । ५५ अंक बनाएको गेटाफे चौथो स्थानमा छ । बिहीबार राति नै भएको अन्य खेलमा सेभिल्लाले रायो भालेकानोलाई ५–० र भिल्लारियलले रियल सोसिडाडलाई १–० गोलले हरायो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप